News Category 2076/11/06
टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीयको मृत्यु, आधा दर्जन घाइते
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको बोदेबसाईन–विषणपुर सडकखण्ड गौरामा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीय नागरिकको मृत्यु भएको छ भने सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
स.१प. ३७९५ नम्बरको टेम्पुलाई विपरीत दिशाबाट तिब्रगतिमा आउँदै गरेको बा.१च. ५५२७ नम्बरको टिपरले ठक्कर दिँदा टेम्पु सवार भारतको मोतीहारी जिल्ला निवासी २६ वर्षिय मो. सद्दाम हसैन र ४५ वर्षिया कुनकुनिया खातुनको मृत्यु भएको पहरीले जनाएको छ ।
हुसैनको घटनास्थलमै तथा खातुनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पु सवार अन्य ६ जना घाइते भएका छन् ।
यस्तै घाइते हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका १ निवासी ४० वर्षिय मो. सल्लाउद्दिन, उनकी ३५ वर्षिया श्रीमती मुनिया खातुन, १२ वर्षिय छोरा मो. अकबर, १० वर्षिय छोरा मो. दाबेल र ६ वर्षिय छोरा मो. आशिक छन् । त्यस्तै सोही वडा निवासी ९ वर्षिय मो. अनबर पनि घाइते भएका छन् ।
घाइतेहरुको बोदेबसाईन तथा बिराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघी बढाइएको डिएसपी भारतीले बताए ।
बोदेबसाईन नगरपालिकाको जाजरमा मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सम्पन्न भएपछि घर फर्किदै गर्दा सो दुर्घटना भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ