News Category 2070/12/24
पूर्वी हिमाली यातायात संघका पदाधिकारीहरुको कारण बिवाद बढ्ेको बस सञ्चालकहरुको आरोप
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
पूर्वी हिमाली यातायात संघ सप्तरीका पदाधिकारी र केही बस सञ्चालकहरुबीच बिवाद उत्पन्न भएको छ ।
पूर्वी हिमाली यातायात संघका अध्यक्ष जागेश्वर यादवले केही बस सञ्चालकहरुले प्रहरीसँगको मिलोमतोमा एउटा बसको समयमा अर्काे बस सञ्चालन गरेपछि समस्या भएको बताएको भोली पल्ट आईतवार केही बस सञ्चालकहरुले पत्रकार सम्मेलन गरी त्यसको प्रतिबाद गरेका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघमा आईतवार पत्रकार सम्मेलन गरी बस सञ्चालकहरुले पूर्वी हिमाली यातायात संघका अध्यक्ष सहितका केही पदाधिकारीहरुले संघलाई मागी खाने भाँडो बनाएको आरोप लगाएका छन् ।
राजेश ट्राभल्स नामक बसका सञ्चालक राजकुमार दासले पुर्वी हिमाली यातायात संघका अध्यक्षलाई बसको समय मिलाई दिन आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि केही बस सञ्चालक साथीहरुको सल्लाहमा देविका बसका सञ्चालकसँग सहमति गरेको बताएका छन् ।
आफुहरुबीच लिखित सहमति भएपनि संघका अध्यक्षले जर्वजस्ती बिवाद सृजना गरेर बस सञ्चालमा समस्या गर्दै आएको बताउँदै दासले समय पनि नमिलाई दिने र आफ्नै पहलमा मिलाएपनि पैसा खाने लोभमा बिवाद गर्ने संघका अध्यक्षको रबैया ठिक नलागेको आरोप लगाउनुभयो ।
सोही पत्रकार सम्मेलनमा देविका बसका सञ्चालक शंकर गिरीले पूर्वी हिमाली यातायात संघले दुर्घटना कोष नकाट्दाँ जोखिमपुर्ण रुपमा बस सञ्चालन गर्न समस्या भएको आरोप लगाउँदै आफुलाई कसैले कुनै किसिमको धम्की नदिएको बताउनुभयो ।
सो अवसरमा पूर्वी हिमाली यातायात र सगरमाथा यातायात संघका पूर्वी स्टेण्ड इञ्चार्ज इन्द्रसागर गुप्ताले पूर्वी हिमाली यातायात संघका अध्यक्ष र महासचिवका कारण बस सञ्चालकहरु समस्यामा परेको गुनासो गर्नुभयो ।
आफुले बिगत ३५ महिनादेखि पुर्वी हिमाली यातायात संघबाट तलब पाउन नसकेको गुनासो पोख्दै सम्पूर्ण बिवादको जड पूर्वी हिमली यातायात संघका पदाधिकारी रहेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ