News Category 2076/11/07
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने भन्दै यसका लागि नागरिक समेतको सहयोग आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
प्रदेश २ मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गर्दै यस्ता विकृति अंतका लागि प्रहरी–जनता सहकार्यको आवश्यक रहेकोमा जोड दिए ।
उनले यस्ता विकृतिको एकल प्रयासले अन्त हुन नसक्ने भन्दै यसका लागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु जरुरी रहेको बताए । उनले प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने बताए ।
अपराध र अपराधी सँग कुनै पनि साठगाठ र सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई उनले कडा निर्देशन समेत दिए ।
सहभागीहरुलाई स्वागत गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग सहकार्य गर्दै प्रहरी अघि बढेको र विगतको तुल्नामा अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिलेको बताए । प्रहरीले बनाएको एक वर्षे सुरक्षा योजना प्रभावकारी बनाउन स्थानिय समाजका अगुवाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिए ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्सा घरले शान्ति सुरक्षा प्रवाहामा मद्दत पुग्ने उद्घाटन समारोहमा सहभागिताहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ