News Category 2076/11/07
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित माइक्रोबायोलोजिका विद्यार्थीहरुले कोरोना भाईरसको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उद्देश्यले बुधबार नौलो कार्यक्रमको आयोजना गरेका छन् ।
क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीहरुले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे सचेतना दिएका छन् ।

विद्यार्थीहरुले कोरोना भाईरसको विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमले सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन ।
कोरोना भाईरसको विभिन्न आकृति समेत राखेर भयावह बन्दै गएको कोरोना भाईरस रोगबारे सर्वसाधारण सचेत गराउने प्रयास गरिएको छ ।
माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत अंजली ठाकुर, आफरिन कौशर, टिना आनन्द, किरण गुप्ता, पुजा दास, पुजा साह, हिरा कुमारी साह, प्रियंका देव, आर्दश राज, शिवचन्द्र यादव र सुस्मिता सोनी गरी १० जना विद्यार्थीहरुले सचेतनामूलक कार्यक्रम तयार पारेको क्याम्पसको माईक्रोबायोलोजि विभागका प्रमुख सियाराम भगतले जानकारी दिएका छन् ।
माईक्रोबायोलोजि विभागका प्रमुख भगतले यस्ता कार्यक्रमले कोरोना भाइरसको त्रास धेरै हदसम्म न्युनिकरण हुने विश्वास समेत व्यक्त गर्दै क्याम्पसको इतिहासमै यस्ता कार्यक्रम पहिलो पटक भएकोमा खुशी समेत व्यक्त गरे । उनले आफ्ना विद्यार्थीहरुको सहयोगमा यस्ता कार्यक्रमले क्याम्पसको साख बढेको जिकिर गरे ।
कार्यक्रममा श्रव्यदृश्य प्रचार सामग्री मार्फत माईक्रोबायोलोजि छात्रा अंजली ठाकुरसहित १० जना विद्यार्थीहरुले कक्षा समेत संचालन गरी सहभागीहरुलाई कोरोना भाईरस रोग र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले उदघाटन गरिन ।
कार्यक्रममा सहभागीहरुले संसारभर त्रास फैलाएको कोरोना भाईरसको त्रास र जोखिमबारे सत्य तथ्य जानकारी दिने र यसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔ भन्ने सन्देशसहित विद्यार्थीहरुले थालेको नौलो प्रयासको प्रसंसा गर्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्थाहरुले समेत यस्तो कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ