News Category 2076/11/09
अन्तरबिद्यालय क्रिकेटका फाइनमा म्याक्सेल र शिब्स भिड्दै
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेल म्याक्सेल र शिब्स बोर्डिङ स्कुलबीच हुने भएको छ ।
प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरुमा म्याक्सेलले केअ माबिलाई ८ विकेट तथा शिब्सले दुर्गालाई १७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाउन सफल भएको छ ।
सम्पन्न पहिलो खेलमा केअले निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बल खेलेर सबै बिकेट गुमाई ६० रनको झिनो स्कोर बनाएको थियो । जसमा संतोष मण्डल १४ र सितल परियारले ११ रन बनाउन सफल भएका थिए ।
यता बलिङ तर्फ म्याक्सेलका असन जमालले ३, मोहम्मद सकिम र धिरेन्द्र साहले २÷२ बिकेट हात पारेका थिए भने उमेशचन्द्र साह र संजित साहले १÷१ बिकेट लिएका थिए ।
जवाफमा म्याक्सेल स्कुल राजबिराजले १२.४ ओभरमा २ बिकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा टिमका लागी पंन्चज यादबले २९ रन अविजित र केशव साहले १२ रन जोडेका थिए ।
सो खेलमा म्यान अफ द म्याच म्याक्सेलका असन जमाल घोषित भएको आयोजक समितिका संयोजक संतोष यादब जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ