News Category 2070/12/24
लोहजारमा एक महिलाको शंकास्पद मृत्यु
दैनिक संवाददाता
राजविराज, २३ चैत ।
सप्तरीको लोहजरा गाविस गाविसमा शनिवार राती एक महिलाको रहस्यमय मृत्यु भएको छ । लोहजारा गाविस–४ की २६ वर्षिय राजकुमारी साहको रहस्यमय मृत्यु भएको हो ।
राती ११ बजे घरमा सुतिरहेको अवस्थामा अचानक ज्यूँमा आगो लागेर चिच्याउँदै बाहिर आएकी राजकुमारीलाई तत्कालै स्थानियहरु उद्धार गरी उपचारका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक राजकुमारीको शवलाई आइतबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म राजकुमारीले ज्यूँमा आगो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै प्रहरी उपरिक्षक दिनेश अमात्यले घट्ना बारे थप अनुसन्धान भईरहेको बताउनुभयो ।
राजकुमारीको श्रीमान् र सौता बीच लामो समयदेखि बिवाद रहेकाले उनको हत्या भएको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।
यसअघि सप्तरीको बिभिन्न स्थानमा विगत एक महिनाको अबधिमा तीन महिलाको हत्या भइसकेको छ । गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन सप्तरी सदरमुकाम राजविराज ७ निवासी ३५ वर्षिया गर्भवती नजराना खातुनको आफ्नै घरमा सुतिरहेका बेला मट्टीतेल छर्केर हत्या गरिएको थियो ।
त्यसको एक साता नबित्दै गत चैत १ गते सप्तरीको त्रिकौल गाविस–५ निवासी ४० वर्षिया निर्मलादेवी साहको आफ्नै घरमा सुतिरहेकी अवस्थामा घाँटी थिचेर तथा पेटमा छुरा प्रहार गरि हत्या गरिएको थियो ।
त्यस्तै चैत्र ५ गते बिहान राजविराज रुपनी सडक खण्ड अन्तरगत बसबिट्टी गाविस ४ स्थित सडक छेउमा रहेको पोखरीको किनारमा आँखामा धारिलो हतियार प्रहार गरेको अवस्थामा सप्तरीको बनैनिया गाविस घर भएकी ३५ वर्षिया सेवकीदेवी मण्डल शब फेला परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ