News Category 2076/11/12
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीको तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा आइतबारदेखी संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्र्तगतको उद्घाटन खेलमा तिलाठीले सकरपुरालाई १ बिकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघको समन्वयमा मा.बि. कट्टीको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा सकरपुराले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ८७ रन बनाएको थियो । सकरपुराको लागि बिपुल सिंह १५ रन बाहेक कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन ।
यता बलिंङ तर्फ तिलाठीका चन्दन कुमार झाले ३ ओभर ५ बलमा १४ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने मिहिर मिश्राले २ तथा बिष्णु मण्डल, रोशन यादव र राजन मिश्राले सामान १ बिकेट लिएका थिए ।
८८ रनको झिनो लक्ष्य लिई मैदानमा ओलेको तिलाठी ९ विकेटको क्षतिमा सो लक्ष्य पाएको थियो । तिलाठीका रोशन यादवले उत्कृष्ट ब्याटिंग गर्दै २१ बलमा २ चौक्का र २ छक्काको मद्दतले ३१ रनको योगदान दिएका थिए भने मिहिर मिश्रा र आशिक मिश्राले क्रमश ः १६ र १५ रनको योगदान दिएका थिए ।
यस्तै बलिंङ तर्फ सकरपुराका बिकास सिंहले ३ तथा अभिराम मण्डल र साकेत सिंहले सामान २ बिकेट तथा पवन मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठीका चन्दन झा घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत सोमवार पहिलो खेल लौनिया र कोइलाडी बिच तथा दोश्रो खेल को. बर्साइन र मन्सापुर बिच हुने गाउँपालिकाका सूचना अधिकारी राजेश झाले जानकारी दिएका छन् ।
उक्त प्रतियोगितामा तिलाठी कोईलाडी गाउँपालिकाका ८ वटै वडाका टोलिहरु सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ