News Category 2076/11/12
एकै रात आधा दर्जन घरमा चोरी

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा आइतबारराती आधा दर्जन घरमा चोरी भएको छ ।
गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।
अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।
राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताए ।
यता सो ममूहले स्थानीयहरुको घरबाट नगद, गरगहना, भाडाकुडा, मोवाइल लगायतको करिब २० लाख मुल्य बराबरको धनमाल चोरेर लगेको स्थानीयबासी अशोक कुमार यादवले जानकारी दिएका छन् ।
गाउँलेहरु राती सुतिसकेका बेला आएका चोरहरुले नगद, गरगहना लगायतको समान राखिएको बक्सा दराज घरबाट खेतमा पु¥याएर चोरी गरेको उनको भनाई छ ।
यता घटना बारे थाहा पाएपछि स्थानीयहरुले प्रहरीमा खबर गरेको तर प्रहरी २ घण्टासम्म पनि घटनास्थल नपुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।
पीडितहरुले २० लाख भन्दा बढीको धनमाल चोरी भएको बताइरहँदा इलाका प्रहरी कार्यालय कडोरबोनाका प्रहरी निरिक्षक रामराजा केसरीले भने चोरी भएको सम्पत्ति विवरण बारे विवरण संकलन कार्य भइरहेको उनले यकिन रकम तत्कालै भन्न नसकिने बताए ।
उनले चोरी घटना बारे जानकारी प्राप्त भएको र चोरको खोजतलासी कार्य सुरु गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ