News Category 2076/11/14
स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०७६ हुने
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
हिन्दु स्वय सेवक संघ नेपाल शाखा सप्तरीले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०७६” को आयोजना गर्ने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरि हिन्दु धर्म, संस्कृति र साहित्यका प्रवर्तक स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आगामी फागुन १७ गते शनिबारका दिन एक हजार भन्दा बढी विद्यार्थीको सहभागीतामा सो ज्ञान प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा शाखा प्रमुख एवं संघ चालक भोगेन्द्र झाले स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा आयोजना हुने सो प्रतियोगितामा जिल्लाका ६० निजी तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १ हजार २ सय विद्यार्थीको सहभागीता रहने जानकारी दिए ।
५० वटा बहुबैकल्पिक प्रश्नहरु समावेश गरी संचालन हुने प्रतियोगितामा प्रथम स्थान ल्याउनेलाई नगद सहित ११ हजार १, द्वितीय हुनेलाई ७ हजार १, तृतीय हुनेलाई ५ हजार १ तथा १० जनालाई सान्तवना पुरस्कार स्वरुप जनही ५ सय १ र सम्मान पत्र प्रदान गरिने शाखा प्रमुख झाले बताए ।
सप्तरी जिल्लामा तेस्रो पटक उक्त प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिदै उनले युवा विद्यार्थीहरुमा अनुशासन, ईमान्दारिता, राष्ट्रिय भावनाको विकास तथा हिन्दु धर्म संस्कृति र साहित्यको रक्षा गर्न अभिप्रेरित गर्ने उद्देश्यले प्रत्येक वर्ष स्वामी विवेकानन्दको स्मृति एवं सम्मानमा संस्कृति ज्ञान प्रतियोगिता तथा अन्य विविध कार्यक्रमको आयोजना गर्दै आएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ