News Category 2070/12/27
सखडेश्वरी मन्दिरमा मिथिलाञ्चल मैथिल संस्कृति सम्मेलन शुरु, उपराष्ट्रपतिद्वारा उद्घाटन
दैनिक संवाददाता
राजविराज, २६ चैत्र ।
पुर्वाञ्चलको प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिर प्राङगणमा बुधबारदेखि मिथिलाञ्चल मैथिल संस्कृति सम्मेलन एवं निःशुल्क सामुहिक यज्ञोपवित (उपनयन) कार्यक्रम शुरु भएको छ ।
मैथिल ब्राहमण सभाको आयोजनामा शुरु भएको उक्त सम्मेलन एवं निशुल्क सामुहिक यज्ञोपवित(उपनयन) कार्यक्रमको एक कार्यक्रमका बीच उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति झाले निर्धारित समयभित्रै संबिधान निर्माणका लागि माँ भगवतीले सबै सभासद्हरुलाई सदबुद्धी प्रदान गरोस् भने कामना गर्नुभयो ।
पहिलो संबिधानसभाले संबिधान निर्माण नै नगरि बिघटन भएकोले अहिलेकै संबिधानसभाबाट संबिधान निर्माण गर्न सबै सभासद्हरुमा समयमै भगवतीले सद्बुद्धी प्रदान गरुन् भन्ने कामना गर्नुहुँदै उपराष्ट्रपति झाले अब जनताले तेश्रो संबिधान सभाको निर्वाचन नस्वीकार्ने बताउनुभयो ।
एक अर्काे प्रसङगमा उपराष्ट्रपति झाले दहेज प्रथाका कारण महिलाहरुलाई जिउँदै जलाएर मार्ने, हत्या गर्ने, यातना दिने जस्ता कार्य हुनु समाजकालाई दुर्भाग्यपुर्ण भएको बताउनुहुँदै नेपाल र भारतका बिद्धानहरु एकै थलोमा बसेर दहेजका बिषयमा गहन छलफल गर्नुपर्ने बताउनुभयो ।
नेपाल र भारतका ब्राहमण समाजबीच रहेको सुमधुर सम्बन्ध दहेज प्रथाकै कारण पछिल्लो समय बिग्रिदै गएको प्रति चिन्ता ब्यक्त गर्नुहुँदै उपराष्ट्रपति झाले नेपालका ब्राहमणहरु गरिब र आर्थिक रुपमा सक्षम नभएका कारण मागे जति दहेज दिन नसकिएकै कारण भारतका ब्राहमणहरु नेपालका ब्राहमणका छोरीहरुलाई बिवाह गर्न नचाहिरहेको बताउनुभयो ।
ब्राहमण संस्कृतिमा आएको बिकृति र बिसंगतिहरुलाई हटाउन मैथिल संस्कृति सम्मेलनले सकारात्मक सन्देश दिने बिश्वास ब्यक्त गर्नुहुँदै उहाँले दहेज प्रथा हटाउन शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा पुर्वमन्त्री उमाकान्त झा, तमलोपाका सभासद् इन्दीरा झा, सखडेश्वरी शक्तिपिठका पिठाधिश महाकान्त झा लगायतले बोल्नुभयो ।
सो कार्यक्रममा ब्राहमण समाजको उत्थान र संस्कृति संरक्षणको क्षेत्रमा योगदान पु¥याएको भन्दै पुर्वमन्त्री उमाकान्त झा, मधेश आन्दोलनका अगुवा इन्द्र कुमार झा(मधेशानन्द), डा. रामचन्द्र झा, ताराकान्त झा, कामोद झा, कौशलेन्द्र झा लगायतलाई उपराष्ट्रपति झाले सम्मान गर्नुभयो ।
बिहीबार सम्म चल्ने उक्त मैथिल संस्कृति सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी सहित नेपालका बिभिन्न जिल्लाका साथै छिमेकी देश भारतका ब्राहमण समाजका अगुवा बिद्धानहरुको सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा ब्राहमण समाजमा देखिएको दहेज प्रथा, सम्बन्ध बिच्छेद र बिधुवा बिवाह जस्ता बिषयसँगै लोप हुादै गएको ब्राहमण संस्कृतिको संरक्षणका बिषयमा ब्यापक छलफल हुने मैथिल ब्राहमण सभाका अध्यक्ष भागवान झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ