News Category 2076/11/14
सकरपुरा र को. मधेपुरा बिजयी
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा सकरपुरा र को. मधेपुरा बिजयी भएका छन ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा संचालित क्रिकेट प्रतियोगिता अन्र्तगत बर्षाले प्रभावित मंगलवार सम्पन्न पहिलो खेलमा सकरपुराले निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।
सकरपुराका लागि साकेत सिंहले २५, मुकेश कुमार मण्डलले नटआउट रहि २४ तथा बिवेक राइले २३ रनको योगदान दिएका थिए । बलिंग तर्फ मंसापुरका देवकिनन्दन मण्डल, अजय मण्डल, धिरज मण्डल र सुवोध मण्डलले सामान १ बिकेट लिएका थिए ।
१ सय १३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको मंसापुर अन्तिम समयसम्म प्रयास गरेता पनी १ रनको हार ब्योहोर्नु परेको थियो । मंसापुरले निर्धारित १६ ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रन मात्र जोड्न सकेका थिए । मंसापुरका लागि सुबोध मण्डल २९, धिरज मण्डल २४, तथा अजय मण्डल र संजय साहले सामान १२ रनको योगदान दिएका थिए ।
बलिंग तर्फ मंसापुरका पवन मण्डल र राजु सिंहले सामान २ बिकेट लिएका थिए भने बिवेक राई र साकेत सिंहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत सकरपुराका बिवेक राई घोषित भएका थिए ।
मंगलवार नै सम्पन्न अर्को खेलमा तोपाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १६ ओभरको खेलमा ४ बिकेट गुमाई ८२ रन जोडन सफल भएका थिए । तोपाका लागि परमेश्वर यादव तथा रमेश यादवले २० रनको योगदान दिएका थिए । बलिंग तर्फ को. मधेपुराकालागि अभय सिंहले ३ तथा रोशन सिंहले १ बिकेट लिए थिए ।
८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको को मधेपुराले उक्त लक्ष्य सजिलै १२ ओभर ४ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । को मधेपुराको लागि सुमन मण्डलले १८ तथा रोशन सिंहले नटआउट रहि १५ रनको योगदान दिएका थिए । तोपाका लागि बलिन मण्डलले २ तथा रविन्द्र मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट प्रर्दशन गरे वापत को. मधेपुराका अभय सिंह घोषित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ