News Category 2076/11/14
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
चन्दनकुमार यादव
राजबिराज, १४ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ७ स्थित ल.ब.न उमाबि बभनगामाकट्टीमा विज्ञान शिक्षकको अभावमा विद्यार्थीहरुको पठनपाठनमा प्रभावित भइरहेको छ ।
सो विद्यालयमा एक वर्षदेखी कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि एउटा पनि विज्ञान विषय पढाउने शिक्षक छैन ।
ती कक्षाहरुमा बिज्ञान बिषय सोही विद्यालयका प्रअ र उच्च माविका शिक्षकहरुले जसोतसो पढाइरहेको कक्षा ९ का बिद्यार्थी रामसेवक मण्डलले भनाई छ ।
यता बिद्यार्थीहरूको एसईई नजिकदै जाँदा बिज्ञान विषयको पढाई नहँुदा विद्यार्थीहरु मर्कामा परेका छन् । विद्यालयबाट २ सय भन्दा बढी विद्यार्थीहरु यस पटकको एसईई परिक्षा दिने तयारी गरिरहेको विद्यालय श्रोतले बताएको छ ।
अहिले उक्त विद्यालयमा कक्षा ८ मा १ सय १५ जना, कक्षा ९ मा १ सय २८ जना र कक्षा १० मा २ सय ६ जना गरि १ हजार २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्याप बिपिन झाले जानकारी दिए ।
यता प्रअ झाले बिद्यालयमा कक्षा कोठाको अभाव र बिद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी नहुदाँ बिज्ञान बिषयको शिक्षकसहित अन्य शिक्षकको समेत अभाव रहेको दुखेसो पोखे । उनले भने, “लामो समयदेखि ब्यबस्थापन समिति चयन हुन नसक्दा शिक्षकको माँग समेत पूर्ती हुन सकेको छैन् ।”
बिद्यालयमा बिज्ञान विषयका शिक्षक मनोज यादब अस्थायी शिक्षक रूपमा लामो समयदेखी कार्यरत रहेपनि २०७५ सालमा अस्थायी शिक्षकलाई अबकास दिने नेपाल सरकारले निर्णय गरे अनुसार उनले अवकास पाएपछि विज्ञान विषयको पद रिक्त भएको प्रअ झाको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका सम्पूर्ण विद्यालयमा गरि ३५ जना शिक्षकको अभाव रहेको भन्दै नेपाल सरकारले पदपूर्ती गर्नका लागि शिक्षक पठाए मात्र समस्याको समाधान हुने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ