News Category 2076/11/14
गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोगितामा लौनिया र तिलाठी बिजयी
दैनिक समाचारदाता
राजबिराज, १४ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनिया र तिलाठी बिजयी भएका छन् ।
सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पहिलो खेलमा लौनियाले को. मधेपुरालाई २० रनले पराजित गरेको छ ।
टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लौनियाले निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेको थियो । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश कुमार मण्डल ११ र सरोज मण्डलले १० रनको योगदान दिएका थिए । यता बलिङतर्फ को. मधेपुराका रशिराज सिंह र धिरु यादवले २÷२ बिकेट लिएका थिए भने प्रमोद यादवले १ बिकेट लिएका थिए ।
७१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. मधेपुरा ६ बिकेटको नोक्सानीमा ५१ रन बनाउन सकेको थियो । जसमा आदित्य सिंहले १७, रशि राजसिंहले ११ तथा शिवशंकर मण्डलले नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिङतर्फ लौनियाका सुरेश राम र शिवराम मण्डलले २÷२ बिकेट लिएका थिए भने दिनेश कुमार मण्डल र धिरेन्द्र मण्डलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लौनियाका सुरेश राम घोषित भए ।
त्यस्तै बुधवारै सम्पन्न दोश्रो खेलमा तिलाठीले को. बर्साइनलाई २१ रनले पराजित गरेको छ । को. बर्साइनले टसजिती पहिलो ब्याटिङको लागि तिलाठीलाई ब्याटिङको लागि निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको तिलाठिले बर्षाले प्रभावित खेलमा निर्धारित ८ ओभरमा ४ बिकेटको नोक्सानीमा ६७ रनको योगफल तयार पारेको थियो । तिलाठीका लागि बिष्णु मण्डलले ३२ तथा रोशन यादवले नटआउट रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ को. बर्साइनका पिन्टु मण्डलले २ तथा राजेश दासले १ बिकेट लिएका थिए ।
६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. बर्साइन ८ ओभरमा २ बिकेट गुमाई ४६ रन बनाएको थियो । को. बर्साइनका लागि दिपेश सरदारले नटआउट रहि २३ बलमा ३२ रनको योगदान दिएका थिए भने अन्य कसैले दोहोरो अंक छुन सकेनन् । यता तिलाठीका लागि रोशन यादव र चन्दन कुमार झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठिका रोशन यादव घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल सकरपुरा र को. बर्साइन बिच तथा दोश्रो खेल कोईलाडी र तोपा बिच हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ