News Category 2076/11/14

गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 

दैनिक समाचारदाता

गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 

दैनिक समाचारदाता
राजबिराज, १४ फागुन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनिया र तिलाठी बिजयी भएका छन् । 
    सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पहिलो खेलमा लौनियाले को. मधेपुरालाई २० रनले पराजित गरेको छ । 
    टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लौनियाले निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेको थियो । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश कुमार मण्डल ११ र सरोज मण्डलले १० रनको योगदान दिएका थिए । यता बलिङतर्फ को. मधेपुराका रशिराज सिंह र धिरु यादवले २÷२ बिकेट लिएका थिए भने प्रमोद यादवले १ बिकेट लिएका थिए । 
    ७१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. मधेपुरा ६ बिकेटको नोक्सानीमा ५१ रन बनाउन सकेको थियो । जसमा आदित्य सिंहले १७, रशि राजसिंहले ११ तथा शिवशंकर मण्डलले नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिङतर्फ लौनियाका सुरेश राम र शिवराम मण्डलले २÷२ बिकेट लिएका थिए भने दिनेश कुमार मण्डल र धिरेन्द्र मण्डलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लौनियाका सुरेश राम घोषित भए । 
    त्यस्तै बुधवारै सम्पन्न दोश्रो खेलमा तिलाठीले को. बर्साइनलाई २१ रनले पराजित गरेको छ । को. बर्साइनले टसजिती पहिलो ब्याटिङको लागि तिलाठीलाई ब्याटिङको लागि निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको तिलाठिले बर्षाले प्रभावित खेलमा निर्धारित ८ ओभरमा ४ बिकेटको नोक्सानीमा ६७ रनको योगफल तयार पारेको थियो । तिलाठीका लागि बिष्णु मण्डलले ३२ तथा रोशन यादवले नटआउट रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ को. बर्साइनका पिन्टु मण्डलले २ तथा राजेश दासले १ बिकेट लिएका थिए । 
    ६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. बर्साइन ८ ओभरमा २ बिकेट गुमाई ४६ रन बनाएको थियो । को. बर्साइनका लागि दिपेश सरदारले नटआउट रहि २३ बलमा ३२ रनको योगदान दिएका थिए भने अन्य कसैले दोहोरो अंक छुन सकेनन् । यता तिलाठीका लागि रोशन यादव र चन्दन कुमार झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठिका रोशन यादव घोषित भएका थिए ।
    प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल सकरपुरा र को. बर्साइन बिच तथा दोश्रो खेल कोईलाडी र तोपा बिच हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट