News Category 2076/11/15
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति
दैनिक समाचारदाता
राजबिराज, १५ फागुन ।
सप्तरी ईट्टा उद्योग ब्यवसायी संघले वर्षाका कारण पाँच करोड भन्दा बढी मुल्य बरारबरको ईट्टामा क्षति भएको जनाएको छ ।
संघले बिहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दुर्गानन्द साहले चालदु आ.ब.मा भएको पाँच पटकको वर्षाका कारण ५ करोड भन्दा बढी मुल्य बराबरको इट्टामा क्षति भएको जानकारी दिएका हुन् ।
वर्षाले उद्योगमा पकाउन तयारी अवस्थामा राखिएको काचो ईट्टामा क्षति पुगेपछि सो नोक्सानीलाई कम गर्न राज्यबाट ईट्टामा लाग्ने कर छुटको माँग गरे ।
उनले केही भारतीय ब्यक्तिहरूले नेपालमा आएर स्थानीय ईट्टा उद्योगीसँग मिलेर तस्करी गरिरहेको बताउँदै ईट्टा उद्योगहरूले ईट्टा भट्टामा सि कार्वनको प्रयोग गरिरहेको आरोप समेत लगाए ।
कोईलाको अभाव र चर्काे करका कारण ईट्टा उद्योगको अबस्था जर्जर बन्दै गएको भन्दै अध्यक्ष साहले भारतबाट कोईला ल्याउन रोक लागेपछि बिदेशबाट कोईला मगाउन महगो पर्ने सँगै झन्झटिलो हुने भएकोले धेरै ईट्टा उधोग बन्द हुने अबस्थामा पुगेको बताए ।
एउटा उद्योगका लागि ६ सय देखि १ हजार टन कोईलाको आबश्यकता पर्ने गरेको बताउदै ईन्डोनेसिया, अमेरिकावाट कोईला मगाउन धेरै समय लाग्ने र भारतीय कोईला जस्तो क्वालिटी नभएको अध्यक्ष साहले जानकारी दिए ।
बर्षाका कारण र कोईला अभावका कारण ईट्टा भट्टामा भएको क्षतिले हाल ईट्टाको मूल्यमा १४ रूपैया वाट २ रूपैया बृद्वि गरी १६ रूपैया पु¥याएको अध्यक्ष साहको भनाई थियो ।ेस्
सोही पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले केही ईट्टा उद्योगहरुले प्रयोग गरिरहेकोे सि कार्वनका कारणले मानव स्वास्थमा प्रतिकुल असर पु¥याईरहेको बताए ।
जिल्लामा ७२ ईट्टा उद्योग दत्र्ता रहेकोमा हाल ४२ ईट्टा भट्टा सञ्चालनमा रहेको र अन्य बाँकी ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष दासले जानकारी दिए । सप्तरीमा बार्षिक १ करोड २५ लाख ईट्टा उत्पादन हुने गरेको जनाइएका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ