News Category 2076/11/19
राष्ट्रिय जुडो प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराजमा सोमबारदेखी स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृती सातौं राष्ट्रिय व्यपी जुडो प्रतियोगिता सुरु भएको छ ।
मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।
जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले योग्य खेलाडी उत्पादन तथा देशलाई माथी उठाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत पु¥याउने बताए । उनले प्रतियोगितालाई सफल बनाउन स्व. लोकेन्द्र श्रेष्ठका परिवारले गरेको योगदान महत्वपूर्ण रहेको समेत बताए ।
जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष खडक बहादुर दाहाल, संघका जिल्ला महासचिव नवनित झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले शुभकामना दिएका थिए । प्रतियोगिताको फाइनल खेलहरु मंगलबार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ