News Category 2076/11/21
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल जलाइयो, कुटपिटमा स्थानीय एक घाइते

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित तोपा बजारमा सोमाबारराती बिवाहको लागि जादै गरेका जन्तिसँग डिजे बजाउने विषयमा दुई पक्षबिच झडप भएको छ । सो झडपका क्रममा एउटा मोटरसाइकल जलाइएको छ भने एक जना घाइते भएका छन् ।
सप्तरीको शम्भुनाथबाट हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा जन्ती जादै गरेका सिरहाको लहान नगरपालिका २४ बस्ने अमित राय राजपुतको स.१०प. ५५१६ नम्बरको मोटरसाईकल जलाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
यस्तै सोही झडपका क्रममा जन्ती पक्षले कुटपिट गर्दा तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा निवासी विरेन्द्र मण्डल गम्भीर भएको प्रहरीले जनाएको छ ।
घाइते मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाइएको छ ।
यता घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच कुटपिटमा घाइते भएका बिरेन्द्र मण्डललाई हेर्न राजविराज आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा संजित मंडल र इन्द्रजीत मण्डल घाइते भएका छन् ।
उनीहरु दुवै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ