News Category 2070/12/28
आगलागीमा एक नाबालिकाको जलेर मृत्यु जमुनी मधेपुरामा भिषण आगलागी, ७५ परिवारको सय भन्दा बढी घर नष्ट
अमिरनारायण यादव
राजविराज, २७ चैत ।
सप्तरीको जमुनी मधेपुरा गाविस ६ थल्ही टोलमा बिहीबार दिउँसो भिषण आगलागी भएको छ । सो आगलागिमा एक बालिकाको जलेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आगलागीमा स्थानिय असलम मियाँको दुई बर्षीया छोरी रुकसाना खातुनको जलेर मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । अचानक भएको आगलागीको बेला घरमा सुतिरहेकी रुकसानालाई घरबाट बाहिर निकाल्न नसक्दाँ जलेर मृत्यु भएको पीडित परिवारले बताएका छन् ।
आगो निभाउने क्रममा स्थानिय दुई जना घाईते भएको र घाईतेहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको प्रहरी नायव उपरिक्षक बैदवारले बताउनुभयो ।
सो आगलागिमा स्थानिय ७५ परिवारको सय भन्दाबढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जमुनी मधेपुरा गाविस ६ निवासी लाल मोहम्मद मियाँको गाईगोठबाट दिउँसो १२ बजेतिर सल्केको आगलागीमा परी ज्यूँमा लगाइएको लुगा बाहेक सम्पुर्ण समानहरु जलेर नष्ट हुँदा करिब २ करोड मुल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागिमा करिब आधा दर्जन चौपाया समेत जलेर मरेको स्थानियहरुले बताएका छन् । स्थानिय अब्दुल हमिदको ६ वडा बाख्रा, ५० हजार नगद, दुई तोला सुन, ५० तोला चाँदी जलेको पीडितले जनाएका छन् । स्थानिय मो. मुस्लिम मन्सुरी, बमाल मन्सुरी, फिरोज राइन, तजमुल राईन, तसलिम राईन, जबारुल मन्सुरी, जमालउद्दिन, सलामत मन्सुरी, रहमान, कासिम लगायतको घर जलेर खरानी भएको छ ।
सदरमुकाम राजविराजसँगै टाँसिएको घटनास्थलमा राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र, लहानबाट आएको बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियबासीहरुको करिब तीन घण्टाको अथक प्रयासमा ३ बजे आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरिक्षक बैदवारले जानकारी दिनुभयो ।
यसअघि सप्तरीको विषहरिया गाविस वडा नं. ९ सिग्यिौन टोलमा आगलागि हुँदा १ करोड भनदा बढीको क्षति भएको थियो । एक महिना यता सप्तरीको एक दर्जन गाविसमा आगलागि हुँदा चार करोड भन्दा बढी क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
- 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
- 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
- 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
- 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ