News Category 2076/11/21
गाउँपालिकाको तालाबन्दी खोलाउन सम्बन्धीत पक्षहरुसँग अनुरोध

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजपा नेपालका सप्तरीका उपाध्यक्ष निरज मुक्तिले उपभोक्ता समितिले निकाशा नपाएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको लेखा शाखा तथा फागुन ११ देखि सम्पुर्ण कार्यालयमा गरिएको तालावन्दीका कारण गाउँपालिका कार्यालय ठप्प रहेको बताएका छन् ।
उपाध्यक्ष मुक्तिद्वारा मंगलबार जारि प्रेस विज्ञप्तिमा तालावन्दीका कारण गाउँपालिका कार्यालयवाट प्रवाह हुने दैनिक काम काजहरु प्रभावित भइरहेको अवस्थामा गाउँपालिका कार्यालय, जिम्मेवार जनप्रतिनिधि, स्थानिय प्रशासन लगायतका सम्बन्धीत पक्षहरु तालावन्दी खोलाउने तर्फ अझै पहल गर्न नसकेको उल्लेख गरेका छन् ।
गाउँपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुले तालाबन्दी खोलउनेतर्फ चासो देखाई समस्या समाधान प्रति ध्यानाकर्षणका लागि अनुरोध समेत विज्ञप्तिमार्फत गरेका छन् ।
जारि विज्ञप्तिमा कार्य सम्पादनको सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको निदानका निम्ती आपसी सहकार्य र समन्वयको खाँचो देखिएको परिवेशमा सम्बद्ध पक्षहरु एक अर्का माथि दोषारोपण गर्दै हिड्नु उपयुक्त नभएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कार्यालयमा रहेको तालावन्दी खोलाउनका निम्ती पहल गर्न तिलाठी कोईलाडी गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि, जिम्मेवार कर्मचारी वर्ग, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला समन्वय समिति लगायत सम्बन्धीत सम्पुर्ण पक्षहरुलाई गम्भीरताका साथ तदारुकता देखाउन यसै प्रेस विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ