News Category 2076/11/21
गाउँपालिकाको तालाबन्दी खोलाउन सम्बन्धीत पक्षहरुसँग अनुरोध
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजपा नेपालका सप्तरीका उपाध्यक्ष निरज मुक्तिले उपभोक्ता समितिले निकाशा नपाएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको लेखा शाखा तथा फागुन ११ देखि सम्पुर्ण कार्यालयमा गरिएको तालावन्दीका कारण गाउँपालिका कार्यालय ठप्प रहेको बताएका छन् ।
उपाध्यक्ष मुक्तिद्वारा मंगलबार जारि प्रेस विज्ञप्तिमा तालावन्दीका कारण गाउँपालिका कार्यालयवाट प्रवाह हुने दैनिक काम काजहरु प्रभावित भइरहेको अवस्थामा गाउँपालिका कार्यालय, जिम्मेवार जनप्रतिनिधि, स्थानिय प्रशासन लगायतका सम्बन्धीत पक्षहरु तालावन्दी खोलाउने तर्फ अझै पहल गर्न नसकेको उल्लेख गरेका छन् ।
गाउँपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुले तालाबन्दी खोलउनेतर्फ चासो देखाई समस्या समाधान प्रति ध्यानाकर्षणका लागि अनुरोध समेत विज्ञप्तिमार्फत गरेका छन् ।
जारि विज्ञप्तिमा कार्य सम्पादनको सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको निदानका निम्ती आपसी सहकार्य र समन्वयको खाँचो देखिएको परिवेशमा सम्बद्ध पक्षहरु एक अर्का माथि दोषारोपण गर्दै हिड्नु उपयुक्त नभएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कार्यालयमा रहेको तालावन्दी खोलाउनका निम्ती पहल गर्न तिलाठी कोईलाडी गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि, जिम्मेवार कर्मचारी वर्ग, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला समन्वय समिति लगायत सम्बन्धीत सम्पुर्ण पक्षहरुलाई गम्भीरताका साथ तदारुकता देखाउन यसै प्रेस विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ