News Category 2076/11/21
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराजस्थित राजरंगशालामा संचालित स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगितामा विभागिय टिमको वर्चश्वसँगै मंगलबार सम्पन्न भएको छ ।
जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ भने ५ स्वर्ण जितेर नेपाली सेना दोश्रो र २ रजत हात पार्दै बाँके तृतीय भएको छ ।
नेपाल जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, गोबिन्द न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, जिल्ला जुडो संघका महासचिव नवनित झा लगायतले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा यूवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई १३ औं दक्षिण ऐसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई एतिहासिक सफलता दिलाउन योगदान पु¥याए वापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरि २५ टिमको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ