News Category 2076/11/21
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराजस्थित राजरंगशालामा संचालित स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगितामा विभागिय टिमको वर्चश्वसँगै मंगलबार सम्पन्न भएको छ ।
जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ भने ५ स्वर्ण जितेर नेपाली सेना दोश्रो र २ रजत हात पार्दै बाँके तृतीय भएको छ ।
नेपाल जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, प्रतिनिधि सभा सदस्य सरिता गिरी, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, गोबिन्द न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, जिल्ला जुडो संघका महासचिव नवनित झा लगायतले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा यूवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई १३ औं दक्षिण ऐसियाली खेलकुदको सफल आयोजना तथा नेपाललाई एतिहासिक सफलता दिलाउन योगदान पु¥याए वापत आयोजकका तर्फबाट कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित विभिन्न जिल्लाका गरि २५ टिमको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ