News Category 2076/11/21
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
कोशी बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तिले सप्तरीमा चार दिनमा दुई महिलाको ज्यान लिएको छ ।
दुई दिनअघि घर नजिकैको जंगलमा गाईबस्तु चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुरकी ५५ वर्षिया मजादेवी सरदारको मृत शरीर मंगलबार बिहान फेला परेको छ ।
आइतबार गाई, बस्तु चराउन निस्केकी उनी अबेर रातीसम्म घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजतलासकै क्रममा घर नजिकैको जंगलमा मंगलबार बिहान १० बजेतिर उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जंगली हात्तिको आक्रमणबाट सरदारको मृत्यु भएको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् ।
यस्तै शनिबारका दिन जंगली हात्तिकै आक्रमणबाट सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ४१ वर्षिया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको थियो ।
यसैबीच सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तिमा जंगली हात्तीले घरमा तोडफोड गर्दा लाखौंको क्षति गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आइतबार मध्यरातमा आएको दुईवटा हात्तीको समुहले रुपनी गाउँपालिका वडा नम्बर ६ निवासी मकर बहादुर तामाङको घर तोडफोड गरि क्षति गरेको प्रहरीले जनाएको छ ।
जंगली हात्तीले घर तोडफोड गर्नुको साथै तामाङ सुतेका खाट कुल्चिएर पुर्ण रुपले क्षति गरेको छ । हात्तीले घरसहित चामाल, लत्ताकपडा, भाँडाकुँडा, मकै लगायतका खाद्यान्न खाएर र कुल्चेर नष्ट गरेको पीडित परिवारले जनाएको छ ।
स्थानिय फुलमाया तामाङका अनुसार खानेकुरा समेत हात्तीले खाएपछि छाक टार्न आफुलाई कठिनाई भइरहेको दुखोसो पोखीन् ।
सोही हात्तीले डिक बहादुर यसमाली मगरको भान्सा घर भत्काएका छन् भने स्थानीय खड्ग बहादुर तामाङको बगैचामा पसेर आँपको हाँगा भाँचेर एक लाख बढी मुल्य बराबरको क्षति भएको पीडितको भनाई छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले ठूलो जनधनकोको क्षति गर्दा समेत नियन्त्रणप्रती कसैले चासो नदिएको हात्ती पीडितहरुको गुनासो छ ।
जिल्लाको सप्तकोशी, कंचनरुप नगरपालिका, अग्निसाइरकृष्णा सवरण, रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिका लगायतमा हात्तीले दैनिक आंतङ्क मचाउदै आएको छ ।
यता कोशी टप्पु बन्यजन्तु क्षेत्रबाट आउने जंगली हात्तिले उत्पात मचाउन र ज्यानै लिन थालेपछि स्थानीयले अविलम्ब हात्ति नियन्त्रणका लागि ठोस कदम चाल्न माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ