News Category 2076/11/22
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही विरपुरस्थित स्वास्थ्य चौकीमा निशुल्क औषधी प्रदान गरिएको छ ।
विगत ६ महिनादेखी स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हुँदा धर्मी हल्फा महिला विकास क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरि निशुल्क औषधी प्रदान गरेको क्लबका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
स्वास्थ्य चौकीमा चालु आ.ब.को साउन महिनादेखी नै बजेट निकासा नहुँदा औषधीको अभाव भएकोले स्थानियहरुलाई बिरामी पर्दा सहज रुपमा निशुल्क औषधी उपलब्ध होस् भन्ने उद्देश्यले सो औषधी प्रदान गरिएको क्लबका अध्यक्ष ई. यादवको भनाई छ ।
जिवनजल ३ सय प्याकेट, एक हजार पिस सिटोफेन लगायतका औषधी प्रदान गरिएको सो स्वास्थ्य चौकी प्रमुख सरिता झाले बताइन् । गर्मी बढ्दै जाँदा गाउँ घरमा झाडापखाला लगायत टाउँको दुख्ने र ज्वरो आउने जस्ता रोगका बिरामीहरु आउने गर्दा संस्थाले प्रदान गरेको औषधीले निकै सहज हुने प्रमुख झाको भनाई छ ।
यसैबीच सोही स्वास्थ्य चौकीमा ४० वर्षदेखी अहेब पदमा कार्यरत सुरेन्द्र मिश्र र स्वास्थ्य चौकी प्रमुख झालाई क्लबका अध्यक्ष ई. यादवले दोसल्ला ओढाई सम्मान समेत गरेका छन् ।
सोही कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गर्दै उपहार स्वारुप एक एक थान थाल प्रदान समेत गरिएको छ ।
आयोजित कार्यक्रममा वडा अध्यक्ष बिनोद कुमार यादव, छिन्नमस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरी, स्वास्थ्य चौकी लालापट्टीका प्रमुख बालकुमार यादव, स्वास्थ्य चौकी सखडाका शुसिल मण्डल लगायत स्वास्थ्य चौकीमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसअघि सोही गाउँपालिकाको वडा नं. ३ स्वास्थ्य चौकी सखडा र वडा नं. ४ स्वास्थ्य चौकी लालापट्टीमा समेत औषधी अभाव भएपछि संस्थाका अध्यक्ष ई. यादवले यसरी नै निशुल्क औषधी प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ