News Category 2076/11/22
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरपालिकाको कार्यालयले चीनबाट फैलिइएको नोभेल कोरोना भाइरसका कारण असर पर्ने भएकोले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्वारा बिहीबार जारि सूचनामा सो अनुरोध गर्दै सामुहिक कार्यक्रम, भोजभतेर, पर्व समेत नगर्न नमनाउन आग्रह समेत गरिएको छ ।
जारि सूचनामा नोभेल कोरोना भाइरसले सामान्य रुघाखोकीदेखी गम्भिर प्रकारको तिब्र स्वासप्रस्वास संक्रमणसम्म गराउन सक्ने हुनाले सतर्कता अपनाउन अपिल गरिएको हो ।
सो सूचनामा प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, १ सय ४ डिग्रि माथी ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा र स्वाशप्रस्वासमा अत्याधिक समस्या आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै कोरोना भाइरसबाट बच्न र बचाउन नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग टाढा रहने, जंगली तथा घरपालुवा, पशुपंक्षिसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने र मास्क तथा पन्जाको प्रयोग गर्न सल्लाह दिइएको छ ।
चीनको हुवान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको यो भाइरस पशुहरुबाट मानिसमा प्रसार भई हाल मानिसबाट मानिसमा संक्रमण फैलिदै गएको र ७० वटा देशहरु यसबाट प्रभावित भइसकेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ