News Category 2070/12/29
थल्हीका ७८ अग्निपीडित परिवारलाई राहत वितरण
दैनिक संवाददाता
राजविराज, २८ चैत ।
सप्तरीको जमुनी मधेपुरा गाविस ६ थल्ही टोलका ७८ अग्नि पीडित परिवारलाई मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी र उद्योग बाणिज्य संघ सप्तरीले छुट्टाछुट्टै राहत बितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीले बिहीबारै साँझ प्रति परिवार कम्बल र त्रिपाल बितरण गरेको छ ।
यता शुक्रबार बिहान मारवाडी सेवा समितिले प्रति परिवार अढाई किलो मुरही, च्युरा, सख्खर, नुन र खुर्सानी बितरण गरेको छ भने उद्योग बाणिज्य संघ सप्तरीले पनि प्रत्येक परिवार मुरही र च्यूरा बितरण गरेको छ ।
यसैगरि जमुनी मधेपुरा गाविसले प्रति परिवार १० किलो चामल, १० किलो आलु, आधा लिटर तेल र एक किलो दाल बितरण गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादवले जानकारी दिनुभयो ।
त्यस्तै मृतक परिवारलाई दैवी प्रकोप उद्धार समिति सप्तरीले रु. २५ हजार प्रदान गर्ने जनाएको छ । अन्य अग्निपीडितलाई चाडै नै प्रत्येक परिवार रु. पाँच हजारको दरले नगद बितरण गरिने प्रजिअ यादवले बताउनुभयो ।
बिहीबार दिउँसो भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थानिय असलम मियाँको दुई बर्षीया छोरी रुकसाना खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा स्थानिय ७८ परिवारको सय भन्दाबढी घर जलेर नष्ट हुँदा २ करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जमुनी मधेपुरा गाविस ६ निवासी लाल मोहम्मद मियाँको गाईगोठबाट आगो लागेको स्थानियवासीले जनाएका छन् । दिउँसो १२ बजेतिर सल्केको आगलागीमा परी ज्यूँमा लगाइएको लुगा बाहेक सम्पुर्ण समानहरु जलेर नष्ट भएको पीडितहरुले बताएका छन् ।
आगलागिमा दुई दर्जन चौपाया समेत जलेर मरेको स्थानियहरुले बताएका छन् । स्थानिय अब्दुल हमिदको ६ वडा बाख्रा, ५० हजार नगद, दुई तोला सुन, ५० तोला चाँदी जलेको पीडितले जनाएका छन् । स्थानिय मो. मुस्लिम मन्सुरी, बमाल मन्सुरी, फिरोज राइन, तजमुल राईन, तसलिम राईन, जबारुल मन्सुरी, जमालउद्दिन, सलामत मन्सुरी, रहमान, कासिम लगायतको घर जलेर खरानी भएको छ ।
राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र, लहानबाट आएको बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियबासीहरुको करिब तीन घण्टाको अथक प्रयासमा ३ बजे आगो नियन्त्रणमा आएको थियो ।
यसअघि सप्तरीको विषहरिया गाविस वडा नं. ९ सिग्यिौन टोलमा आगलागि हुँदा १ करोड भनदा बढीको क्षति भएको थियो । एक महिना यता सप्तरीको एक दर्जन गाविसमा आगलागि हुँदा चार करोड भन्दा बढी क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ