News Category 2076/11/25
जेसीजले महिला दिवस फरक ढंगले मनायो
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
राजविराज जेसीजले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फरक ढंगले मनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण जमघट, भेला नगर्न स्थानीय प्रशासनले अनुरोध गरेपछि जेसीजले फरक ढंगले दिवस मनाएको हो ।
राजविराजस्थित गजेन्द्र चोकमा दुई हातको दुरीमा उभिएर सहभागीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । जेसीजका पदाधिकारीहरुलाई साथ दिदै अधिकारकर्मी र कानून व्यवसायीहरुले समेत सहभागिता जनाए ।
उनीहरुले ‘११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं’, ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘महिला अधिकार, मानव अधिकार’, ‘समान सोंच र व्यवहार, समृद्धिको आधार’, ‘पाइला हाराहारी, हिस्सा बराबरी’, ‘कुरा होइन काम गरौं, महिला हिंसा अन्त्य गरौं’, ‘अंश र वंशमा समान अधिकार’, ‘सम्पतिमा दम्पति बराबर’, ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’, नाराअंकित प्लेकार्ड बोकेर एक घण्टासम्म चोकमा उभिएर प्रदर्शन गरे ।
राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटुवालको अध्यक्षत तथा जिल्ला बार एकाईका सहसचिव रञ्जिता रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता मनु खनाल, मैथिली महिला परिषद्की प्रतिमा देवलगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ