News Category 2076/11/26
मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीमा आइतबार राती मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
पश्चिमबाट पुर्व तर्फ आईरहेको स.५प. ९५४५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट गईरहेको ना.३प. ८५२८ नम्बरको म्याजिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि मोटरसाईकल चालक सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ बर्षिय प्रकाश चौधरी र सोही मोटरसाईकलमा पछाडी सवार अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ६ बस्ने २३ बर्षिय अनिल चोधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टाउँकोमा गम्भीर चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ