News Category 2071/01/02
अग्निपीडित परिवारलाई राहत प्रदान
दैनिक संवाददाता
राजविराज, १ बैशाख ।
सप्तरीको जमुनी मधेपुरा गाविस ६ थलहीका अग्निपीडितहरुलाई सोमबार पनि राहत प्रदान गरिएको छ । जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले खाना पकाउने भाडा प्रदान गरेको छ ।
संस्थाका शेयर सदस्यहरुले जम्मा गरेको रकमले प्रति परिवार एक थान बाल्टीन, डोरी र खाना पकाउने कन्ती प्रदान गरेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो । ती सामानहरु मध्ये आगलागीमा जलेर मृत्यु भएकी दुई वर्षिया बालिका रुकसाना खातुनका पिता असलम मियाँलाई नदग रु. २ हजार ५ सय समेत प्रदान गरिएको छ ।
यसअघि आइतबार छिमेकी गाविस मलेठका बासिन्दाहरुले संकलन गरी पठाएका राहत सामाग्री पूर्व गाविस उपाध्यक्ष हाजी नथु मियाँले अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो ।
प्रति अग्निपीडित परिवारलाई ७ केजी गहुँ, साढे ५ केजी चामल, एक केजी नुन र तेल प्रदान गरेका थिए । यस्तै रेडक्रस सप्तरीले खाना पकाउने भाडाकुँडा र दुई दुई प्रति साडी प्रदान गरेको छ ।
यस्तै अग्निपीडित बिजोग भनेर समाचार संचारमाध्यमहरुमा प्रसारित तथा प्रसारणमा आएपछि राजविराजकी चिकित्स डा दिपा यादवले ५ केजी मुरही, दुई केजी च्युरा र दुई दुई प्रति साडी प्रति अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो ।
यसअघि मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी र उद्योग बाणिज्य संघ सप्तरीले छुट्टाछुट्टै राहत बितरण गरेका थिए ।
गत बिहीबार दिउँसो भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थानिय असलम मियाँको दुई बर्षीया छोरी रुकसाना खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा स्थानिय ७८ परिवारको सय भन्दाबढी घर जलेर नष्ट हुँदा २ करोड भन्दा बढीको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ