News Category 2076/11/29
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरी प्रहरीले १४ वर्ष अघि एक व्यक्तिलाई गोली हानेर हत्या गर्ने बाबुछोरालाई पक्राउ गर्न सफल भएको छ ।
सप्तरीको तिरहुत गाउपालिका ३ डिमन निवासी ५३ वर्षिय बाबु सुकदेव यादव र ३७ वर्षिय छोरा बिनोद कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा सुनसरीको इनरुवा नगरपालिका ९ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा सप्तरी र सुनसरी प्रहरीको संयुक्त टोलीले बिहिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना विवरण अनुसार सोही वडा निवासी ३० वर्षिय दिलिप कुमार यादवको २०६२ असोज १७ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा यादवमाथी गोली प्रहार भएको थियो ।
घटना लगत्तै फरार भएका दुबै आरोपीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले बताए । पुराना रजघन्य अपराधको अनुसन्धानलाई तिब्रता दिएपछि सफलता मिल्दै गएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईको भनाई छ ।
यता अदालतबाट सजाय तोकिएका तथा अनुसन्धानका क्रममा फरार भएका मध्ये विगत तीन महिनाको अवधीमा प्रहरीले ७९ जनालाई पक्राउ गरि अदालत समक्ष बुझाइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ