News Category 2076/11/30
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरी सदरमुकाम राजविराजस्थित जिल्लाकै पुरानो विद्यालय मध्ये एक रमेश नारायण दास आर्दश प्राथमिक विद्या मन्दिरका छात्र छात्राहरुलाई शुक्रबार एक कार्यक्रमबीच पोशाक वितरण गरिएको छ ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र अतिथि प्रदेश सभा सदस्य मनिषकुमार सुमनले छात्रछात्रालाई सो पोशाक बितरण गरेका हुन् ।
पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन र शिक्षातर्फ आर्कषित गराउन ठुलो मद्दत पुग्ने बताए ।
शिक्षा बिना विकाशको परिकल्पना गर्न नसकिने बताउँदै मन्त्री साहले आगामी महिनादेखि प्रदेश २ सरकारले प्रदेश मातहतका सबै सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न गरिब विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले मासिक ५÷५ सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी समेत दिए ।
यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य मनिषकुमार सुमनले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्घि हासिल हुने भन्दै मधेशको शिक्षालाई आधुनिक प्रविधि मैत्री बनाई अगाडी बढनुपर्नेमा जोड दिए । उनले राजविराजको मुटुमा रहेको पुरानो विद्यालयमा स्तरिय पठन पाठन तथा विपन्न बालकालिकालाई विशेष सुविधा दिएर पनि विद्यालय भर्ना गर्नु जरुरी रहेको धारणा राखे ।
यता सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजु जोशीले विद्यार्थीहरुका लागि नेपाल सरकारबाट प्राप्त भएको रकममा विद्यालय परिवारले थप सहयोग जुटाई विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
नेपाल सरकारबाट दलित तथा छात्रवृति वापत प्रति विद्यार्थीका लागि प्राप्त ४÷४ सय रुपैयामा ५÷५ सय रुपैया थप रकम जुटाई विद्यालयमा अध्यनरत सबै ८५ जना बालबालिका लागि पोशाक खरिद गरिएको उनले बताए ।
आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्रमोद कावरा, वडाध्यक्ष मांगीलाल नाई लगायतले समेत बालबालिकालाई पोशाक हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ