News Category 2076/12/01
नेपालका बरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता अग्रवालको निधन
राजविराज÷नेपालमा रसायन शास्त्र तथा जिव रसायन शास्त्रका एक अब्बल वरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता प्रा.डा. विश्वनाथ अग्रवालको शनिबार राती निधन भएको छ ।
रौतहटको गौर नगरपालिका १ निवासी प्रा.डा. अग्रवालको ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखी अस्वस्थ थिए ।
नेपालबाट रसायन शास्त्रमा उनी पहिलो फुल ब्राइट स्कलर हुन् । साथै उनले जर्मनको हम्बर्ड स्कलर पनि प्राप्त गरेका थिए । स्व. प्रा.डा. अग्रवाल त्रिभुवन विश्वविद्यालयमा फिजिकल केमिस्ट्रिका अवकाश प्राप्त प्राध्यापक हुन् भने पोखरा विश्वविद्यालयले उनलाई बायो केमेस्ट्रिमा मानार्थ प्राध्यापक दिएका थिए ।
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका उनले नेपालमै पहिलो पटक रिसर्चका लागि (च्ीब्ब्द्य) आरल्याब संचालित गर्ने उनी नै पहिलो व्यक्ति हुन् । उनको सो ल्याबबाट एक सय जना बैज्ञानिकहरु उत्पादन भएका छन् ।
उनले नेपालमा रसायन शास्त्रलाई अगाडी बढाउन ठूलो योगदान दिएका छन् । बि.स. २०६४ सालमा सम्पन्न नेपालको पहिलो संविधान सभाका सदस्य समेत हुन् ।
उनी गैरस्थित मित्रा मेमोरियल स्कुलका संस्थापक समेत हुन भने नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनि वल्र्ड लिंक उनकै छोराले संचालन गरेका हुन् । प्रा.डा. स्व. अग्रवालको दुई छोरा दिलिप अग्रवाल वल्र्ड लिंकका निर्देशक हुन् भने अर्को छोरा मनोज अग्रवाल तथा छोरी राधा अग्रवाल अमेरिकामा चिकित्सक पेशामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ