News Category 2071/01/04
ड्रेस, किताब, कपी र कलम जलेपछि बालबालिका विद्यालय जानबाट बञ्चित
नवीनकुमार गुप्ता
राजविराज, ३ बैशाख ।
सप्तरीको जमुनी मधेपुरा गाविस ६ थलहीमा आगलागी भएपछि त्यहाका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएका छन् ।
आगो लागेपछि सो बस्तिका बालबालिकाहरुले विद्यालय लगाएर जाने ड्रेस, किताब, कपी र कलम सम्पूर्ण जलेर खरानी भएपछि उनीहरु विद्यालय जानबाट बञ्चित भएका हुन् । उनीहरु दिनभरी जलेको घर छेउमा खेलेर दिन बिताउन बाध्य छन् ।
सोही वडामा रहेको फैजुल इस्लामियाँ मदरसा थलहीमा कक्षा १ देखी ५ सम्मको पढाई हुने गरेको छ । जसमा १ सय ७१ जना विद्यार्थीहरु पढ्ने गरेका छन् । आगो लागेको बस्तिकै ९० जना विद्यार्थीहरु मदरसामा पढ्न जाने गरेको मदरसाका प्रधानाध्यापक मो. शाहजहाले जानकारी दिनुभयो ।
प्रअ शाहजहाले भन्नुभयो, “जिल्ला शिक्षा कार्यालयबाट मान्यता प्राप्त मदरसामा पहिला अत्यन्त कम मात्रामा विद्यार्थीहरु पढ्न आउने गर्थे, पछि विद्यार्थीहरु संकलन गरेर पढ्न आउन थालेपछि आगलागी सबै चौपटै पा¥यो ।” उहाँ थप्नुहुन्छ, “अब हामी अग्निपीडित परिवारका बच्चाहरुलाई विद्यालय पुनःपठाउन सम्बन्धीत निकायहरुमा ड्रेस, किताब, कपी र कलमको व्यवस्था गर्न लागिपरेका छौं”।
आगलागीमा बस्तिका बालबालिकाहरु कपडादेखी पाठ्यपुस्तक जलेर नष्ट भएपछि विद्यालय जानबाट बञ्चित भएका छन् भने उनीहरुको घरमा लगाउने लुगा समेत जलेर खरानी हुँदा एउटै लुगा लगाएर बस्न बाध्य भएका छन् ।
राहत दिन विभिन्न व्यक्ति तथा संस्थाहरु आउने गरेका छन तर बालबालिकाहरुको किताब, कपी र कलम दिने कुनै पनि निकाय हालसम्म आउन नसकेको प्रअ शाहजहाँले गुनासो पोख्नुभयो । सायदै बालबालिका प्रति कुनै निकायको ध्यान समेत पुग्न नसकेको पीडितहरु बताउछन् ।
सप्तरी जिल्लाको विभिन्न गाविसमा गत वर्ष आगलागी भएका छन् । तर थलहीमा भएको आगलागीमा सबै भन्दा बढी बालबालिकाहरु नै प्रभावित भएका छन् । छेउमै रहेको मदरसामा १ सय ७१ जना विद्यार्थी मध्ये ९० जना यही बस्तिका छन् । तर पनि कसैको आखाँ उनीहरुको पढाईप्रति नपुग्नु बिडम्बना मात्र भएको प्रअ शाहजाहाको कथन छ ।
यस्तै अग्निपीडितहरुलाई राहत प्रदान गर्ने क्रम जारि रहेको छ । पछिल्लो पटक जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ तथा मलेठका बासिन्दाहरुले संकलन गरी पठाएका राहत सामाग्री पूर्व गाविस उपाध्यक्ष हाजी नथु मियाँले अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो ।
राजविराजकी चिकित्स डा दिपा यादवले ५ केजी मुरही, दुई केजी च्युरा र दुई दुई प्रति साडी प्रति अग्निपीडित परिवारलाई प्रदान गर्नुभयो भने मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी र उद्योग बाणिज्य संघ सप्तरीले समेत छुट्टाछुट्टै राहत बितरण गरेका थिए ।
गत बिहीबार दिउँसो भिषण आगलागी हुँदा स्थानिय असलम मियाँको दुई बर्षीया छोरी रुकसाना खातुनको जलेर मृत्यु भएको थियो । सो आगलागिमा स्थानिय ७८ परिवारको सय भन्दाबढी घर जलेर नष्ट हुँदा २ करोड भन्दा बढीको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ