News Category 2076/12/01
राजविराजमै जटिल प्रकृतिका चार विरामीको सफल शल्यक्रिया
राजविराज÷स्वास्थ्य क्षेत्रमा बढ्दै गएको आधुनिकतासँगै राजविराजका सरकारी तथा निजि अस्पतालहरुले उच्च प्रविधिका उपकरण तथा दक्ष चिकित्सकको सहयोगमा विभिन्न जटिल प्रकृतीका उपचारहरु स्थानियस्तरमै सफलतापूर्वक सम्पन्न गरिरहेका छन् ।
पछिल्लो पटक राजविराजस्थित एक निजि अस्पतालमा शुक्रबार एकै दिन चार वटा जटिल प्रकृतीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि स्थानीयहरु अब जिल्ला बाहिर महँगो खर्च तिरेर उपचार गर्न जानबाट मुक्त हुने भएका छन् ।
सो अस्पतालमा बरिष्ठ सर्जन डा. राजिव मिश्राको नेतृत्वमा डा. विकास झा, डा. पारस मणी साह (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले फलामको डण्डी पेटमा छिरेर आन्द्राभूडी निस्केको एक महिलाको सफल शल्यक्रिया गरेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका ६ फेकरा कि ३५ बर्षिया साहिरा खातुनको आप्mनो घरको छतबाट अचानक लडेर छिमेकीको जमिनमा जडान गरिएको दुई वटा फलामे डण्डी पेटमा छिरेपछि आन्द्राभुडी बाहिर निस्केको थियो ।
यस्तै सोही चिकित्सक टोलीले जिल्लामा पहिलो पटक दुरबिन (ल्याप्रोसकोपिक) प्रविधिबाट सफल शल्यक्रिया समेत गरिएको छ । पितको थैलीमा पथरी भएर उपचारका लागि अस्पताल भर्ना भएकी राजविराज नगरपालिका ७ की ३२ बर्षिया सपना अधिकारीको सो प्रविधिबाट सफल शल्यक्रिया गरिएको वरिष्ठ सर्जन डा. मिश्राले बताए ।
यस्तै भारत विहार राज्यको कमलपुर निवासी ६३ बर्षिय चन्देश्वर मेहताको फुटेको आन्द्रो पनि सफल शल्यक्रिया गरिएको छ । उनलाई ग्यास्टिक परफोरेशन भएर पेटको भित्री भागमा प्वाल परेर गम्भीर अवस्थामा ल्याईएपछि डेढ घण्टाको प्रयासमा सफल शल्यक्रिया सम्पन्न भएको वरिष्ठ सर्जन डा. मिश्रले बताए ।
त्यसैगरि शुक्रबारै राजविराज नगरपालिका १६ कि ९४ बर्षिया नथुनी देवी यादवको पनि हाड जोर्नि रोग विशेषज्ञ डा. ज्ञानेन्द्र कुमार झाको नेतृत्वको चिकित्सक टोलीले डाढ फियुमर फ्याक्चरको समेत सफल शल्यक्रिया गरेका छन् ।
यसअघि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पनि फलामको डण्डी छिरेर आन्द्राभुडी बाहिर निस्केको एक बालकको सफल शल्यक्रिया भएको थियो भने कचिया हसियाँ पेटभित्र छिरेका अर्को एक बालकको पनि सफलतापूवर्क शल्यक्रिया सम्पन्न भएको थियो । वरिष्ठ सर्जन डा. मिश्रकै नेतृत्वमा एकपछि अर्को जटिल शल्यक्रिया राजविराजमै हुन थालेपछि यहाँका बिरामीहरुले अब अन्य स्थानमा महँगो खर्च तिरेर जाने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ