News Category 2076/12/02
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित

दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीका द्वन्दपीडितहरुले राज्यले अहिलेसम्म समस्या समाधानका साटो उपेक्षा गरेको गुनासो गरेका छन् ।
युरोपियन युनियन तथा स्टोरी किचेनको साझेदारीमा आइतबार राजविराजमा युवा आवाजका साथी नामक संस्थाले आयोजना गरेको सशस्त्र द्वन्दकालिन महिला हिंसा र न्यायको सवाल विषयक परार्मश बैठकमा सहभागि द्वन्दपीडित परिवार तथा सरोकारवालाहरुले सो गुनासो पोखेका हुन् ।
सशस्त्र द्वन्दका बेला भएका जघन्य घट्ना र पीडितहरुको अहिलेको अवस्था बुझी उनीहरुलाई सहयोग जुटाउन, राज्यको ध्यानाकर्षण गराउन र विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा द्वन्द पीडित अरुण साहले राज्यले शहिदहरुको वर्गिकरण गरेर सेवा सुविधा दिनु विभेद र अपमान भएको बताए । उनले राज्यले सशस्त्र द्वन्दका बेला ज्यान गुमाएका र घाईते भएकालाई खासै सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै पुरानो कुरा कोट्याएर मन नदुखाउन कार्यक्रम आयोजकलाई आग्रह पनि गरे ।
त्यस्तै शहिद पत्नि कविता ठाकुरले पनि घरका अविभावक गुमाउदा परिवारकै विचल्ली भएको तथा राज्य पक्षबाट सोधखोज गर्न छाडिएको सुनाईन । शहिद परिवारका राजेश कुमार रामले शहिद कै बलमा सत्तामा पुगेकाहरु अहिले सत्तामोहमा फसेर शहिदलाई विर्सेको आरोप लगाए ।
कार्यक्रममा नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, अधिकारर्मी जंग बहादुृर सिह, कानुन व्यवसायी डोमन साह, एकल महिला संघकी अध्यक्ष अनिता देवकोटा लगायतले पनि बोल्दै द्वन्द पिडीत परिवारको अवस्था र उनीहरुका लागी राज्यले गरिदिनु पर्ने कामबारे आ–आफनो सुझाव दिएका थिए ।
आयोजक संस्थाकी अध्यक्ष यमुना खनालले कार्यक्रममा प्राप्त सुझावलाई सम्बन्धित निकाय समक्ष पु¥याउनुका साथै द्वन्द पीडित परिवारको जिवनस्तरमा सुधार ल्याउन विभिन्न सीप र आयमुलक कार्यक्रम संचालनमा ल्याइ सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ