News Category 2076/12/05
“प्रदेश २ ले न नाम पायो न त राजधानी नै”

दैनिक समाचारदाता
धनुषा, ४ चैत ।
प्रदेश २ को नामाकरण र स्थायी राजधानी टुङ्गो लगाउन मंगलबार सम्पन्न निर्वाचन प्रक्रिया पनि सार्थक हुन सकेन् ।
समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको नाम मधेश प्रदेशको पक्षमा ६० तथा स्थायी राजधानी जनकपुरधामको पक्षमा ५२ मत परेको छ । सतारुढ दलसँग रहेको ५५ मत पनि स्थायी राजधानीको पक्षमा पर्न सकेन् । यी दुबै प्रस्ताव पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ । जुन पाउन सकेन् ।
यसअघि प्रदेश २ सभामा नेकपाले जानकी, नेपाली काँग्रेसले मिथिला भोजपुरा, काँग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश तथा समाजवादी र राजपाले संयुक्त रुपमा मधेश प्रदेश लागि नामाकरण दर्ता गराएको थियो ।
यस्तै स्थायी राजधानीका लागि सतारुढ र विपक्ष दल समेतले संयुक्त रुपमा जनकपुरधाम प्रस्ताव दर्ता गराएको थियो । भने केही सासंदले बिरगंज प्रस्ताव दर्ता गराएका थिए । ती सबै प्रस्तावमाथी मंगलबार छुट्टाछुट्टै मतदान भएको थियो ।
सम्पन्न मतदानमा कांग्रेसको प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ मत परेको थियो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशमाथी ३७ मत आएको थियोे । त्यस्तै काँग्रेसका प्रदेश सभा सदस्य राजेश्वर साहको प्रस्ताव मध्य मधेशको पक्षमा ४२ मत परेको थियो ।
यता दुबै प्रक्रियाका लागि दुई तिहाई मत आवश्यक परे पनि कुनै दलसँग यो मत छैन । प्रदेशसभामा १ सय ७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन ।
सबैभन्दा बढी नेकपाको ३२, समाजवादी पार्टीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट छ ।
कुनै प्रस्तावमा २ तिहाइ बहुमत पुगे निर्वाचन टुंग्याइने र नपुगेमा लगातार निर्वाचन हुनेछ । अब नामाकरण र स्थायी राजधानीका लागि समेत पुनः सुरुदेखी नै संसदीय प्रक्रिया हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ