News Category 2076/12/06
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सडक तथा नाला निर्माण कार्य सुस्त भएको र समस्या परेको भन्दै राजविराज नगरपालिका २ अरसाही पोखरी टोलका स्थानियहरु आक्रोसित भएका छन् ।
उनीहरुले बुधबार प्रदर्शन गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पुगेको अबिलम्ब उक्त निर्माण कार्यलाई गति नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
निर्माण कार्यको ठेक्का पाएका रोशण कन्ट्रक्सनले सुस्त गतिमा काम गर्दा आफुहरु समस्यामा परेको भन्दै स्थानियले कार्यालय प्रमुख रमेश थिंग सँग खेलाँची गर्ने ठेकेदार कम्पनी माथि कारवाही गर्न माग समेत गरेका छन् ।
अधुरो नाला निर्माण कार्यका कारण बर्षाका बेला पानी जम्ने, डुमान हुने र फोहोर मैला जमेर लामखुट्टेको प्रकोप फैल्नुका साथै बस्ती नै दुर्गन्धित बनेको तथा नाला बनाउन घर अगाडी खनिएको गहिलो खाडलमा सुरक्षाका लागि केही नराख्दा विद्यालय आवत जावत गर्दा बालबालिकाहरु खसेर दैनिक जसो दुर्घटना हुने गरेको स्थानिय चन्दन यादवले दुखेसो पोखे ।
दुई वर्ष अघिदेखि सुरु भएको निर्माण कार्य आगामी २०७७ आषढ महिना भित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर सम्झौता म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा ५० प्रतिशत पनि काम नभएको स्थानियले गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ