News Category 2071/01/05
छिन्नमस्तामा लक्ष्य चण्डी यज्ञ हुने
दैनिक संवादादता
राजविराज, ४ बैशाख ।
सप्तरीको छिन्नमस्ता मन्दिर प्राङ्गणमा लक्ष्य चण्डी यज्ञ हुने भएको छ । मन्दिर विकास समितिका कार्यबाहक अध्यक्ष एवं पिठाधिश महाकान्त ठाकुरले बिहीवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त यज्ञबारे जानकारी गराउनु भयो ।
यज्ञ हुने मिति तय नभएपनि यही वर्षभित्रै गराउने योजना रहेको पिठाधिश ठाकुरको भनाई छ । देशमा शान्ति र संविधान निर्माणकालागि आयोजना गर्न लागेको उक्त यज्ञमा झण्डै १६ देखि १९ करोड रुपैयाँ खर्चिनेछ । उक्त यज्ञकालागि घ्युमै करिब ९६ लाख रुपैयाँ खर्च हुने पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
यस्तै छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा प्रत्येक वर्ष सामुहिक उपनयन र बिना दहेजको सामुहिक विवाह गराउने कार्यक्रमसमेत आयोजना गर्न लागेको पिठाधिश ठाकुरले जानकारी दिनुभयो । बिना दहेजको सामुहिक विवाहमा जातीय विभेद नहुने र जुनसुकै जातिले सामुहिक विवाहमा सहभागी हुन सक्ने पिठाधिश ठाकुरले बताउनुभयो ।
यता उक्त लक्ष्य चण्डी यज्ञ आयोजनाकालागि खर्च हुने ठुलो रकम कहाँबाट उपलब्ध हुने प्रश्नमा पिठाधिश ठाकुरले भन्नुभयो, ‘नेपाली जनताले अहिले शान्ति र संविधान चाहेको छ, जुन यो यज्ञले मात्रै सम्भव हुनेछ, यज्ञमा खर्चिने रकम पनि माता छिन्नमस्ताको आर्शिवादले आफैं उपलब्ध भईहाल्नेछ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ