News Category 2076/12/06
एसइइ स्थगित, चैत मसान्तसम्म विद्यालय कलेज पनि बन्द
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सरकारले स्थगित गरेको छ भने सरकारले सम्पूर्ण विद्यालय र कलेज चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने बारे सरकारले निर्णय गरेको छैन । यस वर्ष चार लाख ८२ हजार ७०७ विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
यस्तैसोही बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय समेत गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।
कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।
सप्तरीबाट नौ हजार १ सय ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुदै थिए । तीमध्ये चार हजार ५ सय ३१ छात्र र चार हजार ६०९ छात्रा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिएका छन् ।
नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेडतर्फ १३६ र अपग्रेडिङतर्फ ५३३ विद्यार्थीका लागि ३४ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये ३३ परीक्षा केन्द्र नियमिततर्फका विद्यार्थीका लागि र एउटा केन्द्र एक्जाम्टेड र अपग्रेडिङका विद्यार्थीका लागि निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खत्रीले बताए ।
यसैबीच माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुदै थिए ।
त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुने थिए । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुदै थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ