News Category 2076/12/08
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवका श्रीमानले निमित्त प्रशसकीय अधिकृत र सहलेखापाललाई गालीगलौजका साथै हातखुट्टा काट्ने धम्की दिएको बिरोधमा शुक्रबार गाउँपालिकाका सबै वडा कार्यालय र मातहतका कार्यालयहरु बन्द गरिएको छ ।
स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।
साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ ।
त्यस्तै दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले जनप्रतिनिधि र कर्मचारीहरुकाबीच ९ गते क्षमायाचना नगरे गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुको तालाबन्दी यथावत राखी कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय समेत गरिएको उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, २ नं. वडाका अध्यक्ष खगेन्द्र मण्डल र ७ नं. वडाका अध्यक्ष गुलावप्रसाद सिंह, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको बृहत बैठकले सो निर्णयहरु गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ