News Category 2076/12/08
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवका श्रीमानले निमित्त प्रशसकीय अधिकृत र सहलेखापाललाई गालीगलौजका साथै हातखुट्टा काट्ने धम्की दिएको बिरोधमा शुक्रबार गाउँपालिकाका सबै वडा कार्यालय र मातहतका कार्यालयहरु बन्द गरिएको छ ।
स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहद्वारा शुक्रबार जारि विज्ञप्तिमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सहलेखापाल लिलाराज श्रेष्ठलाई गाउँपालिका उपाध्यक्षका श्रीमान् शिवनाथ यादवले चेत ६ गते बिहीबार कार्यालयमा प्रवेश गरि गालीगलौजका साथै हातखुट्टा काट्ने धम्कीको बिरोधमा सो बन्द गरिएको जनाइएको छ ।
जारि विज्ञप्तिमा शिवनाथले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएका च्त्स्जनाइएको छ ।
साथै विज्ञप्तिमा दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले चैत ९ गते जनप्रतिनिधि तथा कर्मचारीहरुका बीच कर्मचारी माथि आफूले गरेको दुब्र्यवहारप्रति क्षमायाचना गरे र आगामी दिनमा कर्मचारीमाथि यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएमा एक पटकका लागि माफि दिने निर्णय समेत गरिएको उल्लेख छ ।
त्यस्तै दुब्र्यवहार गर्ने उपाध्यक्षका श्रीमान शिवनाथले जनप्रतिनिधि र कर्मचारीहरुकाबीच ९ गते क्षमायाचना नगरे गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुको तालाबन्दी यथावत राखी कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय समेत गरिएको उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, २ नं. वडाका अध्यक्ष खगेन्द्र मण्डल र ७ नं. वडाका अध्यक्ष गुलावप्रसाद सिंह, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको बृहत बैठकले सो निर्णयहरु गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ