News Category 2076/12/08
कोरोनाको त्रासका कारण खाद्यान्न भण्डारण गर्ने होडबाजी
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
कोरोना भाइरसको त्रासका बीचमा सप्तरीमा खाद्यबस्तुका साथै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको भण्डारण गर्ने उपभोक्ताबीच होडबाजी चलेको छ ।
उपभोक्ताहरुले भाईरसको त्रासका कारण सामानहरुको अभाव हुने तथा मुल्य बृद्धि हुने डरका कारण सामानहरुको भण्डारण गर्ने होडबाजी चलेको हो ।
विभिन्न पसलहरुमा अहिले सामानहरुको खरीद गर्ने भिड लागेको देखिन्छ भने ग्यासको पसलमा २÷३ वटा ग्यास सिलिन्डर लिएर आउनेहरुको समेत उत्तिकै भिड देखिन्छन् ।
कोरोना त्रासका कारण नगरभित्रका केही किराना पसल बन्द रहने तथा खुलेका पसलमा उपभोक्ताको भिड लाग्ने गरेको र चामल, दाल, नुन, चिनी र पिठो खरिद गरी भण्डारण गर्ने प्रवृति बढेको हेमनारायण साहले बताए ।
यता ईन्धनको अभाव हुने हल्लाले पेट्रोल पम्पहरुमा पनि विहानैदेखि भिड लाग्ने गरेको छ । कोरोना भाईरसको त्रासका कारण आपुर्ति रोकिने भ्रामक हल्लाका कारण अधिकांश सवारी धनीले ईन्धन भण्डारण गर्न थालिएको छ ।
भ्रामक हल्लाका कारण पनि कालो बजारी र कृत्रिम अभाव सृजना भएको भन्दै हल्ला पछि नलाग्न र बजारलाई व्यवस्थित गर्न पहल गरिरहेको सगरमाथा पेट्रोलियम एशोसिएशनका हरेकृष्ण प्रसाद सिंहले बताए ।
यता प्रहरीले कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने सम्बन्धित पसले र व्यक्तिलाई कारवाही गर्ने भन्दै त्यस्तो कार्यमा संलग्न व्यक्तिबारे तत्काल जानकारी गराउन सर्वसाधारण सँग एक सूचना मार्फत आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ