News Category 2076/12/08
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै

राजविराज÷कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन हुने भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
सम्पन्न बैठकले कोरोना भाईरसबाट संक्रमित हुनेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र रुपनी गाउँपालिकास्थित युनिक अस्पताल गरी चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले हाल बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने तयारी गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दासले जानकारी दिदै गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमास्ता मेडिकल कलेज एण्ड अस्पताल र युनिक अस्पतालमा आईसोलेटेड बेडसहितको आईसोलेसन कक्ष निर्माण गर्ने तयारी गरिएको उनले बताए ।
अस्थायी अस्पताल निर्माणका लागि राजविराजस्थित नेपाली सेनाको भिम दलगण राजविराज नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गजेन्द्र नारायण सिंह अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय समेतको प्रमुख भुमिका रहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको बताउँदै कोरोनो भाईरस यस क्षेत्रमा फैलिन नदिन साधन श्रोतले भ्याए सम्म प्रयास भईरहेको बताए । उनले यसबाट भयभित र आतंकित नहुन सर्वसाधारणलाई अपिल समेत गरे ।
शनिबारै प्रमुख जिल्ला अधिकारी खनालको नेतृत्वमा भिमदलगणका प्रमुख गुप्त बहादुर कुवर, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उद्दव बहादुर न्योपाने, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दाससहितको टोलीले कोरोना व्यवस्थापनका लागि संचालनमा ल्याउने अस्थायी अस्पतालका लागि छनौट गरिएका चार वटै अस्पतालको स्थलगत निरिक्षण समेत गरेका थिए ।
यसैबीच राजविराज २ मा हाल बन्द रहेको साई कृष्णा अस्पतालमा कोरोना रोकथामका लागि स्थानिय प्रशासनले क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने निर्णयको स्थानियवासीले बिरोध गरेका छन् । उनीहरुले घनाबस्ती भएकाले यस अस्पतालमा संक्रमित व्यक्तिलाई ल्याउँदा आफुहरु पनि असुरक्षित हुने चिन्ता व्यक्त गर्दै सो बिरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ