News Category 2076/12/10
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
कोरोना भाइरसको संक्रमणाई रोकथाम तथा पूर्व तयारीका सम्बन्धमा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सप्तरी जिल्लामा संचालित सबै प्रकारको होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ ।
कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ