News Category 2076/12/14
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबारदेखी राजविराजस्थित राजरंगशालामा हाट बजार लगाउने निर्णय गरेको छ ।
हाल वडा नं. ७ मा संचालित हाट बजार बन्द गरि शनिबार बिहान ६ बजेदेखी ९ बजेसम्म रंगशालामा लगाउने नगरपालिकाको शुक्रबार सम्पन्न बैठकले निर्णय गरेको हो ।
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो । जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।
सामाजिक दुरी कायम गर्दै ग्राहक ग्राहकबीच कम्तिमा ३ मिटरको फरकमा लाम बसी उपभोग्य सामाग्रि खरीद बिक्रि गर्ने गरि रंगशालाको खेलमैदानलाई व्यवस्थित गर्न लागिएको उनको भनाई छ ।
यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ । यसका लागि निर्मल किराना पसल, महेश साह र रमेश किराना पसलले ग्राहकको घर घरमा खाद्यान्न पु¥याउने प्रतिबद्धता जनाएको राजविराज नगरपालिका वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।
यस्तै वडा नं. ८ स्थित पुलचौकमा ५, सिन्हा ग्यारेज नजिक २ र रुपनी रोडस्थित सप्mटेक कलेजक नजिक ३ वटा तरकारी पसल व्यवस्थित रुपले संचालनका लागि तयार भएको वडा अध्यक्ष मण्डलको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ