News Category 2076/12/17
राजविराजमा लाग्ने सबै हाट बजार बन्द

दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर शनिबारदेखी राजविराज नगरपालिकाले राजरंगशालामा संचालनमा ल्याएको हटिया बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार नगरपालिकाको सम्पन्न बैठकले हाल रंगशालामा संचालित हटिया तथा वडाहरुमा समेत संचालित अन्य हाट बजार पनि बन्द गर्ने निर्णय गरेको हो ।
हाट बजार संचालन गर्ने नगरपालिका आफैले गरेको निर्णय तीन दिनमै फिर्ता लिन पुगेको हो । यता हाट बजार व्यवस्थित रुपले संचालन हुन नसक्दा तथा बिक्रि गर्ने व्यापारी तथा ग्राहक ग्राहकबीचको दुरी समेत व्यवस्थित हुन नसक्दा हाट बजार लगाउने निर्णय फिर्ता लिनु परेको नगरपालिका श्रोतले जनाएको छ ।
यस्तै नगरपालिकाले ढकीया, ठेला र साइकलको माध्यमले घर घर गई सुरक्षित माध्यमले दुरी बनाएर तरकारी बिक्रि गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ ।
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो ।
जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।
यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ