News Category 2071/01/07
नेपाल पत्रकार महासंघ सप्तरीको अध्यक्षमा चैतारीका खतिवडा बिजयी
राजविराज÷नेपाल पत्रकार महासंघ सप्तरी शाखाको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेस चौतारीका प्रकाश खतिवडा निर्वाचित हुनुभएको छ ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार आफ्ना प्रतिद्वन्द्वी संयुक्त प्यानलका जितेन्द्र खड्गालाई ४ मत अन्तरले पराजित गर्दै खतिवडा बिजयी हुनुभएको हो । खतिवडाले ४५ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी खड्गाले ४१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका श्रवण कुमार देवले ४७ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनका अबधेश कुमार झाले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा प्रेस युनियनका ओमप्रकाश साहले २९ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकतम् प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका राजु विश्वकर्माले २३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलका मनोज कुमार माझीले ५७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनका शुभचन्द्र झाले २८ मत प्राप्त गर्नुभयो ।
यस्तै सहसचिवमा प्रेस युनियनका सुधा देव, दलित तर्फको सदस्यमा राजकुमार पासवान र महिला तर्फको सदस्यमा अम्बिका दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै मधेशी तर्फको सदस्यमा रामनारायण यादव, आदीबासी जनजाती तर्फको सदस्यमा बृजमान तामाङ बिजयी हुनुभएको छ । त्यस्तै खुल्ला सदस्य पदमा भुषण सिंह, संजिव बिक्रम साह, बिनय कुमार लाल कर्ण र चन्दन कुमार यादव बिजयी हुनुभएको छ ।
त्यस्तै केन्द्रीय पार्षद पदमा ब्याश शंकर उपाध्याय, श्यामसुन्दर यादव, राजेश कुमार झा, हेमशंकर सिंह, धीरेन्द्र प्रसाद साह, मनोहर पोखरेल, बैधनाथ यादव, सुखराम यादव, देवराम यादव, सतिश कुमार दत्त, सुरेन्द्र प्रसाद गुप्ता, भोला कुमार पासवान, गणेशलाल देव र ढमला भट्टराई बिजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत बैधनाथ झाले जानकारी दिनुभयो ।
कुल ९६ जना मतदाता रहेको नेपाल पत्रकार महासंघ सप्तरी शाखामा भएको मतदानमा ८७ जनाले मतदान गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ