News Category 2076/12/18
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाईं ध्यानमा राख्दै मंगलबार ब्रतालुहरुले घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ पर्व सम्पन्न गरेका छन ।

सूर्यको पूजा गरिने यस पर्वमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । यस्तै सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका हुन् ।

तराई मधेशमा कात्र्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्र्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्षयता चैती छठ पर्व मान्नेको संख्या पनि बढ्दो छ । यस पर्वमा विशेष गरि राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी र तुरन्ती पोखरीमा चैती छठ पर्वमा ब्रतालु र दर्शानार्थीको भिड लाग्ने गरेको थियो । तर यस पल्ट ती सबै जलाशय सुनसान देखिए ।

पारिवारि सुख, शान्ति, कलयाण्, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ तराई मधेशमा श्रद्धापूर्वक मनाइने सूर्य पूजाको यो पर्व यसपल्ट कोरोना भाइरसको त्रासका कारण निरस भएपनि कोरोना भाइरसमाथी बिजयी प्राप्त गर्दै अर्को वर्ष उत्साहका साथ मनाउने अधिकांश ब्रतालुहरुको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ