News Category 2076/12/18
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले किटनाशक औषधी छर्कने क्रममा सोमबार राजविराज ९ मलेठमा राजविराज नगरपालिकाको टिपर तोडफोड तथा पार्टीका यूवा नेतालाई ज्यान मार्ने हमलाका घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राजपा सप्तरीका संयोजक हरेराम यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा समाजवादी पार्टीका नेता भिमराज यादवका छोराहरु न्युटन यादव, विलियम यादव, भतिजा सरोज यादव (कारी), कपिलदेव यादव (ललित), गौतम बर्मालगायतकाले सार्वजनिक सम्पत्तिलाई तोडफोड गर्नुका साथै राजपाका यूवा नेता रामजी यादवसहित उनका सम्पूर्ण परिवारलाई घरमा छिरि गालिगलौज, अपहरण तथा ज्यान मार्ने हमला र धम्की दिएको घटनालाई गम्भिरतापूर्वक लिएको जनाइएको छ ।
विज्ञप्तिमा विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीबाट पीडित रहेको मानव समाजलाई लकडाउनको सामना गर्न परिरहेको अवस्थामा हुल हुजत गरि सार्वजनिक सम्पत्ति तोडफोड, गालिगलौज, ज्यान मार्ने हमला र ज्यान मार्ने धम्की दिनेहरुलाई राज्यपक्षले छानबिन गरि कानुन अनुसार दोषिहरुमाथी अविलम्ब कारवाहीका लागि माँग गरिएको छ ।
यसअघि सोमबार साँझ स.१ग.३३ नं को टिपरलाई राजविराज वडा नं. ९ स्थित मलेठमा तोडफोड गरिएको थियो । तोडफोडबाट टिपरको अगाडीको सिसा पूर्ण रुपले फुटेको चालक बिजय देवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ