News Category 2076/12/19
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
क्षमता भन्दा तेब्बर कैदी बन्दी रहेको राजविराज कारागारमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक वर्षभन्दा कम समयका कैद सजाय पाएका पाँच जना कैदी बन्दीलाई रिहा गरिएको छ । शुक्रबार चार र बुधबार एक गरि एक साता यता पाँच जना कैदी बन्दी रिहा गरिएको जेलर सत्यनारायण यादवले बताए ।
एक सय २५ क्षमता रहेको कारागारमा अहिले पनि १६ महिलासहित ३ सय २९ कैदीबन्दी छन् । क्षमता भन्दा तेब्बर संख्यामा कैदीबन्दी कोचाकोच गरि राखिएपछि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरि सप्तरी जिल्ला अदालतको आदेश बमोजिम एक साता यता पाँच जनालाई रिहा गरिएको जेलर यादवले बताए ।
एक वर्ष भन्दा कम समयका कैद सजाय पाएका कैदी बन्दीलाई भुक्तान गर्न बाँकी रहेको समय वापतको रकम तिराएर छाड्न अदालतले आदेश दिएको उनको भनाई छ ।
कारागार भित्र संक्रमण फैलिए परिस्थिती नियन्त्रण बाहिर जाने भएकाले हाल कैदीबन्दीका आफन्त र अन्यलाई भेटघाटमा समेत पूर्णरोक लगाइएको कारागार प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ