News Category 2076/12/19
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भएर सप्तरी घर आइपुगेका ९ जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उद्धव न्यौपानेलगायत सुरक्षाअधिकारी घर घरमा गई उनीहरुलाई नियन्त्रणमा लिदै क्वारेन्टाइनमा पठाएका हुन् । यसरी नियन्त्रणमा लिइएकाहरु राजविराज नगरपालिका वडा नं. ३ का १, वडा नं. ४ का ७ र वडा नं. ७ का १ जना छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाई राजविराजस्थित साई कृष्णा शिक्षण अस्पतालामा बनाइएको क्वारेन्नटाइन केन्द्रमा राखिएको छ । नियन्त्रणमा लिइएकाहरु मध्येबाट कोही आइतबार त कोही सोमबार रातीको समयमा विभिन्न नाका हुँदै सप्तरी प्रवेश गरेको प्रहरीको भनाई छ ।
यता प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएका मध्येका केहीले आफूहरु दिल्लीको धार्मिक कार्यक्रममा नगई भारत बिहार राज्यको अररियामा भएको इज्तिमामा सहभागि भई फर्केको दाबी गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले १५÷२० जनाको लापरवाहीका कारण सयौंको ज्यान जोखिममा पारेको बताए । उनले भारतको दिल्लीमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागि भई फर्केकाहरुलाई मानविय संवेदना देखाउँदै तत्काल सम्पर्कमा आई क्वारेन्टाइनमा बस्ने आग्रह समेत गरेका छन् ।
दिल्लीस्थित मुस्लिम संस्था तबलिगि जमातको मुख्यालयमा रहेको निजामुद्दिनमा सहभागि अधिकांशमा कोरोना भाइरसको संक्रमण देखिएको तथा सो कार्यक्रममा नेपालका पनि १९ जना सहभागि भएको भारतीय संचारमाध्यमहरुले मंगलबार रातीदेखी नै प्राथमिकताका साथ समाचार प्रसारण गर्न थालेपछि प्रहरीले खोजतलास तिब्र बनाएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ