News Category 2076/12/21
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
.jpg)
नवीनकुमार गुप्ता
सप्तरी, २१ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनको ११ औं दिन शुक्रबार राजविराजमा मजदुर तथा विपन्नहरुलाई एक किसान परिवारले राहत बितरण गरेका छन् ।
राजविराज ९ मलेठ निवासी जवाहर यादव उनका भाई हिरालाल यादव, निमत्री यादव र ननु यादवले चार सय मजदुर तथा विपन्न परिवारलाई ३ लाख ५० हजार मुल्य बराबरको खाद्यान्न तथा अन्य सामाग्रि बितरण गरेका हुन् ।
बेरोजगार मजदुर तथा विपन्न परिवार, आर्थिक अवस्था निकै कमजोर भएकालाई हातमुख जोर्ने समस्या नहोस् भन्ने उद्देश्यले अपाङ्ग, दलित, असाहय, बृद्धबृद्धा, एकल महिलालगायत विपन्न समुदायका ४ सय परिवारलाई प्रति परिवार १० केजी चामल, १ लि. खानेतेल, १ केजी दाल, १ केजि नुन, १ थान साबुन, एक प्याकेट भुजा लगायतका समाग्रि बितरण गरिएको राहत बितरणकर्ता जवाहर यादवले जानकारी दिएका छन् । त्यस्तै अनाथ र टुहुरा बालबालिकालाई लत्ताकपडा समेत बितरण गरिएको उनले बताए ।
स्थानीय कोशीलादेवीले राहत पाएपछि खुशी हुँदै लकडाउनका कारण बाहिर निस्किन नपाई बेरोजगार भई बस्दा हातमुख जोड्न समस्या भएको बेला खाद्यान्न उपलब्ध गराउने दाजुभाईलाई धन्यवाद दिएकी छिन् ।
त्यस्तै अर्की मजदुर शिलियादेवीले लकडाउन भएदेखी राम्ररी खान नपाएका र घरमा केही बचाएर राखेको खाद्यन्न पनि तिन दिनदेखी सकिएपछि अहिले पाएको खाद्यान्नले केही राहत मिलेको बताइन् ।
यता दैनिक ज्याला गरेर परिवार चलाउने मजदुर विपन्न समुदायलाई लकडाउनका कारण घरमै सीमित हुनुपर्दा हातमुख जोर्ने समस्या र भोकभोकै बस्ने बाध्यता रहेका बेला किसान परिवारका दाजुभाईले बाडेको राहतले त्यस्ता परिवारलाई धेरै राहत मिलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ