News Category 2076/12/22
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
लकडाउनका कारण बेरोजगार भई हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकपछि अर्को व्यक्ति र संघसंस्थाले सहयोग जुटाउन थालेका छन् । राजविराज ८ का यूवा विद्यार्थीहरुले आफ्नो व्यक्तिगत खर्चमा एक सय विपन्न परिवारलाई खाद्यान्न बितरण गरेका छन् ।
विद्यार्थी नेता समेत रहेका जयप्रकाश यादव जेपी, अजय दासलगायत १० जना विद्यार्थी मिलेर लकडाउनका कारण घरमै सीमित भई भोकभोकै बस्न बाध्य गरिब, अपाङ्ग, दलित, बृद्धबृद्धा, एकल महिला तथा मजदुर गरि एक सय परिवारलाई एक लाख मुल्य बराबर खाद्यान्न बितरण गरेका हुन ।
स्थानिय मिशन कलेजको प्राङ्गनमा सामाजिक दुरी कायम गर्दै चामल, दाल, खाने तेल, नुन, भुजा, स्वाबिन, आलु लगायतका खाद्यान्न समाग्रि बितरण गरिएको छ ।
यस्तै राजविराज ९ मलेठ निवासी जवाहर यादव, उनका भाई हिरालाल यादव, निमत्री यादव र ननु यादव मिलि ४ सय मजदुर तथा विपन्न परिवारलाई ३ लाख ५० हजार मुल्य बराबरको खाद्यान्न तथा अन्य सामाग्रि बितरण गरेका छन् ।

कोरोनाको जोखीमलाई ध्यानमा राख्दै गरिएको लकडाउनका कारण घरमै सीमित भई बेरोजगार भएका मजदुर तथा आर्थिक अवस्था निकै कमजोर भएकालाई हातमुख जोर्ने समस्या नहोस् भन्ने उद्देश्यले अपाङ्ग, दलित, असाहय, बृद्धबृद्धा, एकल महिलालगायत विपन्न समुदायका ४ सय परिवारलाई प्रति परिवार १० केजी चामल, खानेतेल, दाल, नुन, साबुन, भुजा लगायतका समाग्रि बितरण गरिएको छ ।
किसान दाजुभाईद्वारा बितरित खाद्यान्न पाएपछि मजदुर र विपन्न परिवार पनि खुशी भएका छन् । उनीहरुले लकडाउनका कारण बाहिर निस्किन नपाई बेरोजगार भई बस्दा हातमुख जोड्न समस्या भएको बेला खाद्यान्न उपलब्ध गराउने दाजुभाईलाई आर्शिवादसहित धन्यवाद दिए ।
दैनिक ज्याला गरेर परिवार चलाउने मजदुर विपन्न समुदायलाई लकडाउनका कारण घरमै सीमित हुनुपर्दा हातमुख जोर्ने समस्या र भोकभोकै बस्ने बाध्यता रहेका बेला किसान परिवारका दाजुभाईले बाडेको राहतले त्यस्ता परिवारलाई धेरै राहत मिलेको छ ।
यस्तै लायन्स क्लब अफ सप्तरीले गुडबिल हेल्थ केयर काठमाडौंको सहयोगमा प्रहरी तथा स्वास्थ्यकर्मीहरुलाई मास्क, ग्लोब, ओटी क्याप, जुस र खानेपानी लगायतका सामाग्रि बितरण गरेको छ । लायन्सका अध्यक्ष दिनेश कुमार साह, गुडबिल हेल्थ केयरका प्रतिनिधी रोशन कुमार परियारसहितको टोलीले प्रहरी र स्वास्थ्यकर्मी खटिएको ठाउँमै पुगि सो सामाग्रि बितरण गरेका हुन् ।

सो क्रममा टोलीले थर्मल गणको माध्यमले ज्वरो नाप्ने काम समेत गरेको थियो । कोरोना भाइरसको रोकथाम र जोखिम न्यूनिकरणमा खटिएका प्रहरी र स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त कार्यक्रम गरिएको गुडबिल हेल्थ केयरका प्रतिनिधी परियारले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ