News Category 2076/12/24
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि बनाइएको आईसोलेशन कक्षमा एक महिलालाई भर्ना गरिएको छ । यस्तै जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा चार भारतीयसहित २ सय ६८ जनालाई रािखएको छ ।
भारतको राजस्थानबाट फर्केकि कंचनरुप नगरपालिका ११ की ४० बर्षिया ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखेपछि आईसोलेशन कक्षमा राखिएको छ । यता महिलाका पतिलाई भने क्वारेन्टाईनमा पठाइएको छ ।
महिलाको स्वाब परिक्षणका लागि धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमन लाल दासले बताए ।
१५ दिन अघि राजस्थानबाट फर्केकि उनी घरमै लुकेर बसेकी थिईन तर स्वास्थ्य अवस्था विग्रिदै गएपछि आफन्त स्वास्थ्यकर्मीको सम्पर्कमा लिएर आएको डा. दासले बताए ।
यता सप्तरीको विभिन्न अस्पताल, सामुदायिक भवन र विद्यालयहरुमा बनाएको क्वारेन्टाईनमा आईतबार सम्ममा ४ भारतीय सहित २ सय ६८ जनालाई राखिएको छ । जसमध्ये १३ महिला छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार यसरी क्वारेन्टाईनमा राखिएकाहरु मध्ये अघिकांश कतार, मलेसिया र भारतको विभिन्न सहरबाट फर्केर आएका हुन ।
४ जना भने भारतको मोतिहारी जिल्लाका बासीन्दा हुन । धार्मिक सभाको शिलशिलामा भारतको विभिन्न सहर हुदै यहाँ आईपुगेका उनीहरु एक मस्जिदमा बसेका बेला नियन्त्रणमा लिई क्वारेन्टाईनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ